अब फेसबुकमा ४४ भाषामा पोस्ट् गर्ने सुविधा
विश्वचर्चित सामाजिक सञ्जाल फेसबुकले ४४ भाषामा लेख्न मिल्ने गरी फिचर ल्याएको छ। उसले विश्व परिवेश र प्रयोगकर्ताको ध्यानलाई मध्य नजर गर्दै यस्तो फिचर ल्याएको हो। फेसबुकले संसारभर रहेको बहुभाषिक जनसंख्यालाई आफ्नो कुरा अभिव्यक्त गर्न सजिलो होस् भनेर त्यही परिवेशमा रहेर भाषाको छनोट गरेको जनाएको छ।अब फेसबुकले प्रयोगकर्ताले आफूले लेखेको कुनै एक भाषालाई अरु धेरै भाषामा सजिलै उल्था गरेर लेख्न सक्नेछन्। फेसबुकको कुनामा एउटा बक्समा देखिनेछ जहाँबाट प्रयोगकर्ताले आफूले चाहेको भाषा सजिलै छनोट गरेर पोस्ट गर्न पाउनेछन्।
यस्तै फेसबुकमा बनाइएका पेजका आधिकारिक व्यक्ति वा संस्थाले पनि यो फिचरलाई बहुभाषामा सदुपयोग गर्न सक्नेछन्। यस्तै अवलोकन गर्ने प्रयोगकर्ताले पनि आफूले हेर्न चाहेको भाषामा रोजेर हेर्न सक्नेछन्।
'प्रयोगकर्ताले दैनिकीलाई धेरैभन्दा धेरै प्रभावकारी र अन्तक्रियात्मक बनाउन यो फिचरलाई पछ्याउनेछन्', फेसबुकले जनाएको छ।


0 comments
Write Down Your Responses