अस्पतालमै मृत भेटिएकी नर्सको हत्या भएको परिवारको दाबी
ललितपुर बालकुमारीस्थित किष्ट पोलिक्लिनिकमा कार्यरत स्टाफ नर्स निमा डोल्मा लामा गत असार २८ गते अस्पतालमै मृत भेटिएकी थिइन् ।
उनको परिवारले यो आत्महत्या नभई हत्या भएको भन्दै घटनामा संलग्नलाई कारबाहीको माग गरेको छ । मृतकका आफन्तले बुधबार पत्रकार सम्मेलन गर्दै निमालाई शरीर बन्धक बनाई हत्या गरिएको आशंका व्यक्त गरेका छन् । मृतककी बहिनी मिना लामाले भनिन्, ‘यो हत्या नै हो, मान्छे मारेर अस्पताल लग्ने काम गरिएको छ, यो कुराको स्पष्ट छानविन हुनुपर्छ ।’ उनीहरुले निमाको हत्यामा संलग्न रहेको भन्दै क्लिनिकका सञ्चालक उमेशकुमार साह र डा. देवकुमार साहविरुद्ध किटानी जाहेर पनि दिएको बताएका छन् ।
उनीहरुका अनुसार प्रहरीले सुरुमा किटानी जाहेरी नै लिन मानेको थिएन तर, मानवअधिकारकर्मी, सांसदहरुलाई हार गुहार गरेपछि मात्रै उजुरी लिएको बताए । कार्यक्रममा तामाङ घेदुङ संघका सचिव रामकृष्ण ब्लोनले पनि प्रहरीको अनुसन्धान र पोष्टमार्टमको रिपोर्टले दोषीहरु उम्कन सक्ने भन्दै निश्पक्ष छानविनको माग गरे ।


0 comments
Write Down Your Responses