• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Videos » रक्सीको सेवन गर्ने मानिसमा स्तन तथा पेटको,स्वासनली, अन्ननली तथा कलेजो लगायतको क्यान्सरको खतरा
रक्सीको सेवन गर्ने मानिसमा स्तन तथा पेटको,स्वासनली, अन्ननली तथा कलेजो लगायतको क्यान्सरको खतरा

अत्यधिक मात्रामा अल्कोहलको सेवनले मानिसमा विभिन्न खाले क्यान्सरको खतरा बढाउने तथ्य यसअघि नै पत्ता लागिसकेको हो । तर पछिल्लो अनुसन्धानले भने ठिक्क मात्रामा अल्कोहलको सेवनले समेत क्यान्सरको जोखिम बढाउने हुँदा सतर्क रहनुपर्ने सुझाएको छ ।

 दिनमा दुइ पेग रक्सीको सेवन गर्ने मानिसमा स्तन तथा पेटको क्यान्सरको जोखिम उच्च हुने शोधकर्ताहरुले ठहर गरेका छन् । न्युजिल्याण्डको ओटागो विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार अल्कोहलको सेवनले मुख, स्वासनली, अन्ननली तथा कलेजो लगायतको क्यान्सरको खतरा पनि बढाउँदछ ।

 प्रमुख शोधकता जेन्नी कोनरका अनुसार अल्कोहलजन्य क्यान्सरका कारण मृत्यु भएका महिला मध्ये ६० प्रतिशतको स्तन क्यान्सरबाट ज्यान गएको छ । न्युजिल्याण्डमा सन् २००७ मा स्तन क्यान्सरबाट ज्यान गुमाएका ७१ प्रतिशत त सन् २०१२ मा स्तन क्यान्सरबाट ज्यान गुमाएका मध्ये ६५ प्रतिशतको मृत्युको कारक तत्व मदिरा सेवन नै भएको शोधकर्ताको भनाई छ ।

Labels: Health, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana