वीर अस्पतालमा बुधबारदेखि आमा, बुवा, पुर्खा लगायतबाट सन्तानमा आउने वंशानुगत रोग जाँच गर्ने मुलुकको पहिलो प्रयोगशाला सुरू भएको छ।
श्रावण १२, २०७३- वीर अस्पतालमा बुधबारदेखि वंशानुगत रोग जाँच गर्ने मुलुकको पहिलो प्रयोगशाला सुरू भएको छ। अस्पतालको १२७ औं वार्षिकोत्सवको अवसरमा बुधबार 'मेडिकल जेनेटिक्स ल्याव' को उद्घाटन गरिएको हो । हाल उक्त प्रयोगशालाबाट वंशानुगत रोग सिककल सेल एनिमिया, थेलेसिमिया, ज्याक्टोम्युटेशन छ वा छैन भनि परीक्षण गरिन्छ ।
यस्तै हेपाटाइटिस-सि र हेपाटाइटिस-वि, एचआईभी, क्षयरोग को आणविक स्तरको भाइरल लोड परीक्षण समेत गरिन्छ । 'यो मुलुकको पहिलो मेडिकल जेनेटिक्स ल्याव हो,' वीर अस्पतालका निर्देशक डा. स्वयमप्रकाश पण्डितले यसबाट वंशानुगत रोग परीक्षणको लागि विदेशीनु पर्ने बाध्यता विस्तारै अन्त हुने बताए ।
आमा, बुवा, पुर्खा लगायतबाट सन्तानमा आउने वंशानुगत रोगहरूको थप परीक्षण, पहिचान र उपचार सेवा विस्तारै विस्तार गरिँदै लैजाने क्लिनिकल जेनेटिक्स युनिटकी प्रमुख डा. निलम ठाकुरले बताइन्।


0 comments
Write Down Your Responses