• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Videos » लामो समय टिभी हेर्नु घातक ! टिभी हेर्ने भन्दैमा लामो समयसम्म एकै ठाँउमा बसेर टिभी हेर्नाले तपाईको ज्यान जान सक्ने एक नया अध्ययनले देखाएको छ ।
लामो समय टिभी हेर्नु घातक ! टिभी हेर्ने भन्दैमा लामो समयसम्म एकै ठाँउमा बसेर टिभी हेर्नाले तपाईको ज्यान जान सक्ने एक नया अध्ययनले देखाएको छ ।

काठमाडौं । टिभी हेर्नु जो कसैलाई रमाइलो लाग्छ । अझ टिभीमा आउने विभिन्न कार्यक्रम हेरेर त्यसको आनन्द लिनु अझ रमाइला हुन्छ । तर, टिभी हेर्ने भन्दैमा लामो समयसम्म एकै ठाँउमा बसेर टिभी हेर्नाले तपाईको ज्यान जान सक्ने एक नया अध्ययनले देखाएको छ । अध्ययन अनुसार एकै ठाउमा लामो समयसम्म टिभी हेर्दा फोक्सोमा रगत जम्ने जोखिम बढ्ने गर्छ । विशेषगरी प्रत्येक दिन दुई घण्टाका दरले टिभी हेर्ने क्रम बढाउदै लगेमा त्यसले ‘पल्मोनरी इम्बोलिम’ ४० प्रतिशतले बढाउने नया अध्ययनबाट पत्ता लागेको छ । 

 त्यस्तै दैनिक पाँच घण्टा वा सो भन्दा बढी समय टिभी हेर्नेमा ज्यान जाने खतरा दोब्बर रहने पाइएको छ । या जखिम सोचभन्दा अझ बढी भयावह हुन सक्ने अनुसन्धाकर्ताको भनाइ छ । टिभीमा आउने कार्यक्रम नछुटाई लगातार हेर्ने मानिसमा यसको जोखिम अझै बढ्न सक्ने देखिएको छ । परिणामस्वरुप अनुसन्धानले समेत एकपछि अर्को कार्यक्रम हेर्ने बानीले निम्त्याउन सक्ने खतराबारे विज्ञानिकहरुले समेत चेतावनी दिएको छ । यो अध्ययन जापानमा आयोजना गरिएको थियो । अनुसन्धानकर्ताले लगातार टिभी हेर्ने झण्डै ८६ हजार भन्दा बढी व्यक्तिमा उनीहरुको बानीबारे अध्ययन गरेका थिए । अनुसन्धानकर्ताले सन् १९८८ र १९९० बीचका ४० देखि ७९ उमेर समुहका व्यक्तिहरुलाई निगरानीमा राखी उनीहरुलाई थप १९ वर्ष सम्म पछ्याएको थियो । त्यसमध्य ‘पल्मोनरी इम्बोलिज्म’ कै कारण ५९ जनाको मृत्यु भएको उल्लेख गरेको छ । पल्मोनरी इम्बोलिज्म भनेको फोक्सोको खतरनाक अवस्था हो, जुन चलेको खण्डमा स्वास्थ्यमा गम्भिर असर पर्न सक्छ । प्रायः शरीरको अन्य भागमा रगत जमेर सुरु हुने यो समस्या फोक्सोमा पुगेर नलीलाई बन्द गरी मानिसको ज्यान लिने गर्छ । यो समस्या भएका एकतिहाई भन्दा मानिस उपचार नपाई मर्ने गर्छन् ।

 यसबाट हुने मृत्यु प्रायः अचानक नै हुुन्छ । ‘पुर्वीय देशको तुलना जापानका पल्मोनरी इम्बोलिज्म कम हुने गर्छ , तर पनि यो बढ्ने क्रममा छ ‘ ओसाका विश्वविद्यालयका प्रमुख अनुसन्धाकर्ता प्राध्यापक हिरोयासु इसोले भने, ‘जापानीहरुले गतिहीन जिवनशैली अपनाउन थालेकै कारण उनीहरु बढ्दो जोखिममा पर्ने गरेको हाम्रो निष्कर्ष छ ।’ अनुसन्धानकर्ताले यस अध्ययनलाई प्रभाव पार्न सक्ने यससित सम्बन्धित मोटोपन, मधुमेह, धुम्रपान तथा उच्च रक्तचापबारे समेत अध्ययन गरेका थिए । उनीहरुले पल्मोनरी इम्बोलिज्मलाई प्रभाव पार्ने प्राथमिक कारणमा टिभी पश्चात्त मोटोपन रहेको पत्ता लगाएका थिए । अनुसन्धानकर्ताले लगातारको हेराई (विंग वाचिङ्ग) का कारण हुनसक्ने जाखिमबारे ध्यानाकर्षण भएको बताएका छन् । ‘पछिल्लो समय अनलाइन भिडियोको लगातार प्रयोग तथा ‘विङ्ग वार्चिङ्ग’ जसमा एकै ठाउमा बसेर विभिन्न कार्यक्रम लगातार नछुटाई हेरिन्छ, निकै लोकपि्रय बनदै गएको छ’ प्रोफेसर इसोले भने,’ यो लोकप्रियताले तेज रफतारमा बढ्दै गइरहेको हाम्रो बानीलाई दर्शाएको छ ।

 त्यसैले मानिसहरुले ‘विङ्ग वाचिङ्ग’ टिभीलाई हवाईजहावमा बसेर गरिने जस्तो व्यवहार गर्न जरुरी छ, उनले भने । ‘त्यसको लागि टिभी हेरेको केही समय पश्चात्त उठ्ने, हात खुट्टा तन्काउन, हिड्ने अथवा टिभी हेर्दा पनि कम्तीमा पाच मिनेट मांशपेशीलाई आराम दिनु आवश्यक छ ‘, उनको सुझाव छ । त्यसो त अनुसन्धानकर्ताले मोबाइल, कम्प्युटर्स तथा अन्य अनलाइन माध्यम लोकप्रिय हुनु पुर्व नै अध्ययन गरेका थिए । उनीहरुले प्रविधिले अझ धेरै खतरा निम्त्याउन सक्ने हुदा त्यसलाई कम गर्न वर्क आउटका निम्ति अन्य थुप्रै ‘वर्क’ गर्नु पर्ने धारणा राखेका थिए ।

Labels: Health, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana