• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Videos » कुखुराले भगाउँछन् लामखुट्टे,र बैज्ञानिकले पत्ता लाग्यो मलेरियाबाट बच्ने नयाँ उपाय
कुखुराले भगाउँछन् लामखुट्टे,र बैज्ञानिकले पत्ता लाग्यो मलेरियाबाट बच्ने नयाँ उपाय

मलेरियाजस्तो डरलाग्दो रोग भगाउन कुखुरा उपयोगी हुनसक्छ भन्ने सुन्दा तपाइँलाई पत्यार नलाग्नसक्छ । तर, इथियोपिया र स्वीडेनका बैज्ञानिकले गरेको अध्ययनले निकालेको नयाँ निश्कर्ष हो- कुखुराको गन्धले तपाईंलाई मलेरियाबाट बचाउन सक्छ ।’ 

 अनुसन्धानअनुसार मलेरिया फैलाउने प्रजातिको लामखुट्टे कुखुरा वा अर्को पंक्षीसँग टाढा भाग्छ । पश्चिमी इथियोपियामा गरिएको अनुसन्धानमा झुलभित्र सुतिरहेका एक मानिससँगै बाहिर पिंजडामा एक कुखुरा राखिएको थियो । कुखुरा राखिएको सो स्थानमा लामखुट्टे नआएपछि बैज्ञानिकहरुले यस्तो निश्कर्ष निकालेका हुन् । ‘मलेरिया जनरल’ मा प्रकाशित अनुसन्धान प्रतिबेदनका अनुसार बैज्ञानिकहरु यो निश्कर्षमा पुगेका छन् कि लामखुट्टे आफ्नो शिकार गन्धको माध्यमबाट खोज्छ । र, यो हुनसक्छ कि कुखुराको गन्ध त्यस लामखुट्टेलाई मन परेन । यस अनुसन्धानमा सहभागी अडिस अबाबा विश्वविद्यालयका हाव्ते तेकीले भने कि ‘कुखुराको गन्धबाट केहि रसायन निकालेर त्यसलाई लामखुट्टे भगाउने क्रिममा प्रयोग गर्न सकिन्छ ।’

 उनले बिबिसीलाई भनेका छन् कि अव अनुसन्धान केन्द्रमा त्यसको परिक्षण गरिनेछ । स्वीडिस युनिभर्सिटी अफ एगि्रकल्चर सिइन्सेसका अनुसन्धानकर्ता पनि यस अध्ययनमा सहभागी थिए । यस प्रयोगमा कुखुराको प्वाँखबाट निस्किएको रसायन र जीवित कुखुराको प्रयोग गरिएको थियो । अनुसन्धानकर्ताले फेला पारे कि कुखुरा र यस रसायनको प्रयोगले लामखुट्टेको सङ्ख्यामा उल्लेख्य कमी आएको थियो । संयुक्त राष्ट्रसंघका अनुसार अफि्रकामा पछिल्लो बर्ष मलेरियाबाट चार लाख मानिसको मृत्यु भएको छ । मलेरियाको ब्याक्टेरिया रगतमा फैलनुभन्दा पहिला लिभरमा लुकेको हुन्छ । मलेरिया फैलाउने लामखुट्टे संक्रमित ब्यक्तिको रगत पिउँछ र त्यो ब्याक्टेरिया अर्को व्यक्तिसम्म पुर्‍याउँछ ।

Labels: Health, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana