• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Technology, Videos » यी लक्षण देखिएमा बुझ्नुहोला तपाइँमा फेसबुकको लत लागेको छ
यी लक्षण देखिएमा बुझ्नुहोला तपाइँमा फेसबुकको लत लागेको छ

अल्जेरियामा एउटा विशेष क्लिनिक खुलेको छ जसले फेसबुकका अम्मलीहरुको लत छुटाइदिन्छ । फेसबुकको लतमा फसेकाहरुको लत छुटाउनका लागि दक्षिण कोरियामा पनि यस्ता क्लिनिक पहिले खुलिसकेका छन् । अहिले के युवा, के पाका, सबै मानिसहरु फेसबुकको लतमा नराम्ररी फसिरहेका छन् । यस्तोमा फेसबुकको लत छुटाउने र पुनस्र्थापना गर्ने क्लिनिकहरु निकै महत्वपूर्ण बनिरहेका छन् ।

 फेसबुक जस्ता सोसल साइटहरुको अधिक प्रयोगले गर्दा मानिसमा विभिन्न खाले शारीरिक तथा मानसिक स्वास्थ्य समस्या निम्त्याउने विभिन्न अध्ययनहरुले देखाएका छन् । यदि तपाइँले फेसबुकलाई आफ्नो फोन तथा ब्राउजरको होमपेज बनाएर राख्नुभएको छ भने सचेत हुनुहोस् की तपाइँ फेसबुकका लतमा पर्नुभएको छ । यदि तपाइँले आफ्नो फेसबुक वालमा दिनमा ४।५ वटा स्टाटस हाल्नुहुन्छ भने बुझ्नुहोस् की तपाइँमा फेसबुकको भयंकर रोग लागिसकेको छ ।फेसबुकमा तपाइँका यस्ता सयौँ साथीहरु ब्नेका छन् जसलाई न त तपाइँले चिन्नुहुन्छ, न त कहिल्यै भेट नै भएको छ ।

 यदि यस्ता अपरिचितहरुको भिड तपाइँको फेसबुके साथीको सूचिमा बढिरहेको छ भने बुझ्नुहोस् की तपाइँ फेसबुकको कब्जामा परिसक्नुभएको छ । तपाइँले कुनै काम गरिरहनुभएको छ तर कामको बीच बीचमा तपाइँले आफ्नो फेसबुक हेरिरहनुपर्छ र फेसबुकको यादले सताउँछ भने तपाइँले बुझ्नुपर्छ की तपाइँलाई फेसबुक नामको गम्भीर रोग लागिसकेको छ । यदि तपाइँ हरेक दिन आफ्नो फेसबुक प्रोफाइल बदल्नुहुन्छ भने पनि तपाइँ आफु फेसबुको लतमा फसेको ठहर गर्दा हुन्छ । फेसबुकमा यदि तपाइँ १० भन्दा धेरै ग्रुपको मेम्बर हुनुहुन्छ भने तपाइँले फेसबुक रोग लागिसकेको भनेर बुझ्दा हुन्छ । कतिपय मानिस त यस्ता हुन्छन् जसले फेसबुकमा आफुतर्फ अरुको ध्यान तान्नका लागि आफ्नो वैवाहिक स्थिति पनि लगातार बदलिरहन्छन् । यदि यस्तो तपाइँ पनि गरिरहनुहुनछ भने बुझ्नुहोस् तपाइँमा फेसबुक रोग छिरिसकेको छ ।

Labels: News, Technology, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana