• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, News, Videos » बच्चाहरु किन रातमा बढि रुन्छन् ?
बच्चाहरु किन रातमा बढि रुन्छन् ?

धेरैजसो साना बच्चाहरु दिनमा मज्जाले सुत्दछन् तर रातमा भने रोइ बस्दछन् । बच्चाको यस्तो बानीले आमाहरु भने निकै हैरान हुन्छन् र रातभर जाग्राम बस्न बाध्य हुन्छन् । आखिर धेरै बच्चाहरु किन रातमा धेरै रुन्छन् त ? यसमा विशेष कारण छन् । विज्ञहरुका अनुसार बच्चाहरु जन्मिएर यो दुनियामा आएपछि नै हरेक दिन नयाँ अनुभुति गरिरहेका हुन्छन् र नयाँ नयाँ अनुभव बटुलीरहेका हुन्छन् ।

 कहिलेकाहीँ यस्ता अनुभवहरुको बीचमा उनीहरुले निकै असहज महसुस गर्दछन् । जसका कारण कतिपय नवजात शिशुहरुमा हाछ्यूँ आउने पनि हुन्छ र कहिलेकाहीँ निद्रामै एक्कासी ब्युझिन्छन् पनि अनि रुन थाल्दछन् । कहिलेकाहीँ बच्चा रोएका कारण शारीरिक समस्या पनि हुनसक्छ । कहिलेकाहीँ बच्चाको आसपासको तापक्रम निकै गर्मी वा चिसो हुँदा पनि बच्चाको निद्रामा खलल उत्पन्न हुने र निद्राबाट ब्युझिँएर बच्चा रुन थाल्दछ । कहिलेकाहीँ बच्चाले असुरक्षित तथा एक्लो अनभुति गर्दछ ।

 जसमा आफ्नो नजिक आमालाई नपाउँदा अचानक निद्रामै रुन थाल्दछ । कहिलेकाहीँ बच्चा सुतेको ठाउँ आरामदायी नहुन सक्दछ जसका कारण उसलाई राम्रो निद्रा पर्दैन र रुन थाल्दछ । बच्चाहरु सानैदेखि सपना देख्दछन् । कहिलेकाहीँ डराउने खालका सपना देख्न पुग्छन् । जसका कारण उनीहरु अचानक डराएर ब्युँझिन्छन् र रुन थाल्दछन् । कहिलेकाहीँ बच्चाले निद्रामै पनि ओछ्यानमै पिसाब फेर्दछ र ओछ्यान चिसो पार्दछ । चिसो भएपछि पनि बच्चा रुन थाल्दछ ।

Labels: Entertainment, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana