प्रधानमन्त्रीका लागि सुवास नेम्वाङलाई खडा गर्लान् त केपी शर्मा ओलीले ?
काठमाडौं । कांग्रेस-माओवादी गठबन्धनका प्रधानमन्त्री उम्मेदवार प्रचण्डविरुद्ध एमाले नेतृत्वको गठबन्धनले कसलाई खडा गर्ला ? यो प्रश्नको जवाफ दिन प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै आफ्नो गठबन्धनमा रहेका दलहरुसँग परामर्श गर्ने भएका छन् । ओली नेतृत्वको गठबन्धनमा अब राप्रपा नेपाल, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा, परिवार दललगायत केही साना पार्टी बाँकी छन् ।हमतीय सरकारका लागि राष्ट्रपतिले एकसाताको समय दिए पनि सहमतीय सरकार नहुने प्रष्ट भइसकेको छ ।
त्यसपछि बहुमतीय प्रक्रियामा जाँदा बहुमतीय प्रधानमन्त्रीका लागि संसदमा चुनाव हुनेछ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले कांग्रेसका कारण सहमतीय सरकार नबन्ने निश्चित भएको बताए । नेम्वाङले भने-एमाले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिका साथ जान तयार रहे पनि कांग्रेसले दुई ठूला दलमध्ये एउटा सरकार र अर्को प्रतिपक्षमा रहनुपर्ने सिद्धान्त प्रतिपादन गरेकाले बहुमतीय सरकार बन्ने निश्चित छ ।’ तर, बहुमतीयमा जाँदा एमाले गठवन्धनबाट को उम्मेदवार बन्ने टुंगो अझैसम्म नलागेको अनलाइनखबरलाई बताए ।सहमतिको प्रक्रिया टुंगिएपछि बहुमतको प्रक्रियामा आइपुग्दा संसदमा कस्तो समीकरण हुन्छ, सोही आधारमा उम्मेदवारीका बारेमा आन्तरिक छलफल हुने नेम्वाङले बताए ।
एमालेका संसदीय दलका नेता केपी ओली आफैं हुन् । उनी प्रधानमन्त्रीका लागि नभिड्ने निश्चित छ । यो स्थितिमा एमालेले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई प्रचण्डविरुद्ध प्रधानमन्त्रीको उम्मेदवार बनाउने चर्चा पार्टीभित्र चलेको छ । नेम्वाङ भने यसबारेमा पार्टीभित्र छलफल भइनसकेको बताउँछन् । तर, पूर्वसभामुखसमेत रहेका उपनेता नेम्वाङले पछिल्लो समय आफूलाई विपक्षी गठबन्धनका साथीभाइले बलजफ्ती पार्टी राजनीतिको केन्द्र भागमा धकेलिदिएको टिप्पणी गरे । अविश्वास प्रस्ताव पेश भएलगत्तै संसदमा नेम्वाङले दिएको अभिव्यक्तिपछि कांग्रेसका नेता तथा सांसदहरुले उनीमाथि निरन्तर प्रहार गरिरहेका छन् । नेम्वाङले अनलाइनखबरसँग भने-‘म त आफैंले बनाएको संविधान बोकेर सर्वोच्च अदालतमा जाउँला, राजनीतिलाई पेशा नबनाउँ भन्ने सोचेको, तर साथीभाइले किन हो, धकेलेर बीचमै पठाउन थाले ।’
एमाले नेता नेम्वाङ संसदीय दलको उपनेता एवं पार्टी अध्यक्ष केपी ओलीको निकट सहयोगी भएका कारण पनि उनलाई प्रचण्डको प्रत्यासी बनाएर पार्टीमा उनको उचाइ बढाउन एमालेका एकथरि नेताले सुझाव दिइरहेका छन् । केहीले उपाध्यक्ष वामदेव गौतमको नाम लिए पनि गौतमलाई भन्दा नेम्वाङलाई नै प्रधानमन्त्रीको उम्मेद्वारमा खडा गर्ने सम्भावना बढी रहेको स्रोतले बतायो । नेम्वाङ एक दशकसम्म सभामुखको निष्पक्ष भूमिकामा रहेका कारण पार्टी राजनीतिमा स्थापित गर्नका लागि पनि उनलाई अघि सार्नुपर्ने कतिपय नेताले सुझाव दिएका छन् ।
तर, एमाले सचिव प्रदीप ज्ञवालीले भने कसलाई उम्मेदवार बनाउने भन्ने कुरा पार्टीभित्र र गठबन्धनभित्र छलफल भइनसकेको बताए । प्रमुख प्रतिपक्षको स्थान सुरक्षित राख्नकै लागि भए पनि उम्मेदवारी भने दिइने ज्ञवालीले बताए । चित्रबहादुर पनि चर्चामा


0 comments
Write Down Your Responses