दीपिकाले पाइन् पाकिस्तानी श्रीमान्
श्रावण ९, २०७३- पाकिस्तानी हिरो फवाद खान पर्दामा दीपिका पादुकोणका श्रीमान्का रुपमा देखिने निश्चित भएको छ । संजयलिला बन्सालीको नयाँ फिल्म ‘पद्मावती’मा खानले दीपिकाको श्रीमान्को भूमिका निर्वाह गर्ने पक्कापक्की भएको हो। खान फिल्ममा चितौरकी रानी पद्मावती (दीपिका) को राजा रावल रतन सिंहका रुपमा देखिने छन् । फिल्ममा रनवीर सिंहले अल्लाउद्दीन खिलजीको भूमिका निर्वाह गर्ने छन् । बन्सालीले आफ्ना सबै कलाकारहरुसँग सुटीङका लागि २ सय दिन काम गर्न तयार रहन आग्रह समेत गरेका छन् ।


0 comments
Write Down Your Responses