• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Politics » चिनियाँ राजदूतसँग भेटमा प्रचण्डले भने, केपी ओलीको पालामा चीनसँग भएका सम्झौता लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
चिनियाँ राजदूतसँग भेटमा प्रचण्डले भने, केपी ओलीको पालामा चीनसँग भएका सम्झौता लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

काठमाडौँः कपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईबीच भेटवार्ता भएको छ। प्रचण्ड निवास लाजिम्पाटमा शुक्रबार बिहान भएको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको छ ।

 भेटमा प्रचण्डले आफ्नो नेतृत्वमा बन्ने सरकारले केपी ओलीको पालामा चीनसँग भएका सम्झौता लागु गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। राजदूतसँगको भेटमा प्रचण्डले यस अघिको केपी शर्मा ओली नेतृत्वको सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन आफ्नो नेतृत्वको सरकारले गर्ने समेत विश्वास दिलाएको प्रचण्डको निजी सचिवालले जनाएको छ ।

‘अब बन्ने सरकारले चिनियाँ सरकारसँग भएका सन्धी, सम्झौता र समझदारीलाई कार्यान्पवयन गर्दे अझ नयाँ सहमति निर्माण गर्ने छ’ प्रचण्डको भनाइ उद्धृत गर्दै सचिवालयले उल्लखे गरेको छ । भेटमा राजदूत चुन्ताईले केही दिनभित्र बन्ने प्रचण्ड नेतृत्वको सरकारलाई चिनियाँ सरकार, चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनताको पूर्ण सहयोग र समर्थन रहने बताएका छन् । चीनले नेपालको विकासका निम्ति चिनियाँ सरकारले पूरा साथ र सहयोग गनेृ विश्वास समेत दिलाएका छन् ।

Labels: News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana