• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Politics, Videos » सप्तरीबासी भन्छन्-भारतसँगै लड्दा हामी १० नेपाली घाइते भएका छन्, भारतीय कसरी भयौं ? भारतसँग नझुक्ने हामी नेपाली हौं, नेपाली रहन्छौं !
सप्तरीबासी भन्छन्-भारतसँगै लड्दा हामी १० नेपाली घाइते भएका छन्, भारतीय कसरी भयौं ? भारतसँग नझुक्ने हामी नेपाली हौं, नेपाली रहन्छौं !

१४ साउन, सप्तरी । सप्तरीको तिलाठी गाविसमा विहीबार भारतीय पक्षको लाठी प्रहारबाट पूर्वजिविस सदस्य देवनारायण यादवसहित १० नेपाली घाइते भएका छन् । दुईको अवस्था गम्भीर छ । अनलाइनखबरकर्मीले उनीहरुलाई भेट्दा भारतीय थिचोमिचो सहँदै आए पनि सरकारले वास्ता नगरेको बताए । आफूहरुले दशकौंसम्म भारतसँग भिडेर सीमाको रक्षा गरिरहेको उनीहरुले बताए । यति हुँदा पनि सरकारले सहयोग नगरेको र उल्टै सरकारले मधेसीहरुलाई ‘भारतीय’ र ‘विहारी’ भनेको सुन्दा मन दुख्ने गरेको घाइते सप्तरीबासीले गुनासो सुनाए ।सप्तरीको तिलाठी गाविस र भारतीय गाउँ कुनौलीका बासिन्दाबीच बषर्ाैदेखि विवाद हुँदै आएको छ ।

पछिल्लोपटक बिहीबार तिलाठी र भारतको बिहार राज्यअन्तर्गत कुनौलीका बासिन्दाबीच झडप नै भयो । एकले अर्कालाई बाँसको भाटा लिएर जथाभावी कुट्ने काम दुबै पक्षबाट भयो । प्रहरीका अनुसार यो झडपमा ६ जना नेपाली र १० जना भारतीय घाइते भएका छन् । यद्यपि तिलाठीका बासिन्दाका अनुसार १४ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये एक बालकसहित दुईजनाको अवस्था गम्भीर छ । घाइतेको उपचारमा सरकारले चासो नदिएको स्थानीयको गुनासो छ । यी दुईजनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा र बाँकीको स्थानीयस्तरमा उपचार भइरहेको छ ।

 पूर्वजिविस सदस्य देवनारायण यादवको टाउकोमा १२ वटा टाँका लगाइएको छ भनेयसरी भयो झडप भारतीय पक्षले आफ्नो भूमि कुनौलीमा बनाएको बाँध नेपालीहरुले बिहीबार दिउँसो भत्काइदिए । सप्तरीसँगै सीमा जोडिएको कुनौलीमा भारतीय पक्षले बुधबारदेखि बाँध बनाउन शुरु गरेको थियो । भारतीय पक्षले एकतर्फीरुपमा बनाएको बाँधले नेपालतर्फको आधा दर्जन गाविस जलमग्न हुने भएपछि नेपालीहरुले बाँधलाई भत्काएका हुन् । यो बाँधले सप्तरीको रम्पुरा मल्हनियाँ, तिलाठी, लौनियाँसहितका गाविसहरु जलमग्न हुँदै आएका छन् । भारतले केही वर्ष अगाडि नै यो बाँध एकतर्फीरुपमा बनाएपछि यी गाविसहरु डुबानमा पर्दै आएका थिए । यसैक्रममा अविरल वर्षाका कारण गत शनिबार आफैं यो बाँध भत्कियो ।

 बाँध भत्केपछि भारतीय पक्ष र नेपाली पक्षबीच तत्काल यो बाँध नबनाउने सहमति भयो । तर, बुधबारदेखि भारतीय पक्षले पूर्वसहमति विपरीत यो बाँध बाँध्ने काम शुरु गर्‍यो । विहानैदेखिको तयारी तिलाठी-१ का १४ वर्षीय हर्षबन्दन कर्णको पनि टाउकोमै चोट लागेको छ ।नेपालीहरुले बिहीबार बिहानैदेखि बाँध भत्काउन गए पनि भारतीय पक्षका बासिन्दा धेरै भएपछि त्यत्तिकै फर्केका थिए । दिउँसोतिर नेपाली पक्षको संख्या धेरै भयो । त्यसपछि बाँधमा राखिएको बाँस र बालुवाका बोरा झिकेर नेपालीहरुले फालिदिए । त्यसपछि घटना केहीबेर साम्य भयो । साँझ ५ बजेतिर नेपाली पक्षका बासिन्दाहरु आ-आफ्नो घरतिर लागे ।

 दशगजा क्षेत्रमा थोरै संख्यामा मात्रै नेपालीहरु थिए । त्यही मौका छोपेर दर्जनौं भारतीयहरु त्यहाँ आए र पूर्व जिविस सदस्य यादव सहितका नेपालीमाथि अन्धाधुन्ध कुटपिट गर्न थाले । यादवलाई कुट्दै भारततर्फ लग्न खोजेपछि नेपालीहरु पनि जम्मा भए र दुबै पक्षबीच बाँसको भाटा तथा ढुंगा हानाहान भयो । तिलाठीका निरज झा भन्छन्, “यादवलाई कुट्दै भारततर्फ लग्न खोजेपछि हामी बचाउन गयौं, तर भारतीयहरु हामीमाथि जाइलागे ।”

Labels: News, Politics, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana