• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Politics, Videos » देउवाले प्रचण्डलाई भने, सरकार गठनमा सहयोग गर्न सक्दिन’
देउवाले प्रचण्डलाई भने, सरकार गठनमा सहयोग गर्न सक्दिन’

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रिय सहमतिको सरकार गठनमा सहयोग गर्न नसक्ने प्रस्ट पारेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहयोग माग्दै भेट्न आइपुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सो निर्णय सुनाएका हुन् । एमाले अध्यक्ष तथा प्रधाामन्त्री केपी ओली नेतृत्वको सरकारमा प्रमुख हिस्सेदारका रुपमा रहेको माओवादी केन्द्रले पछिल्लो समयमा सरकार ढाल्न कांग्रेससँग वार्ता गर्दै आएको छ । दाहालले प्रधानमन्त्री ओलीसँग समेत कांग्रेसले आफूलाई सहयोग गर्ने भन्दै राष्ट्रिय सहमतिको सरकार गठनका लागि सहयोग गर्नुपनृ दबाब दिँदै आएका छन् । तर, कांग्रेस सभापति देउवाले प्रधानमन्त्री ओली र एमालेसँव आफ्नो कुनै दुष्मनी नभएको भन्दै दाहालको प्रस्ताव ठाडै अस्विकार गरेका अाजको राजधानी दैनिकमा समाचार छ । उनले माओवादीले सरकार छाडेर आए चाँही सरकार गठनका बारेमा छलफल गर्न सकिने कांग्रेसको जवाफ थियो । यसअघि प्रधानमन्त्री ओली सहमति सरकारको लागि समर्थन गर्न भन्दै आफूहरुसँग छलफल गर्न आएको भन्दै देउवाले भने’ ओलीलाई समर्थन गरेनौं भने तपाईंलाई कसरी समर्थन गर्न सक्छौं ।’ कांग्रेसका नेताहरुले प्रमुख दुई ठूला दल कांग्रेस र एमाले मध्ये एउटा सत्ता र अर्को प्रतिपक्षमा बस्नुपर्ने निष्कर्ष समेत दाहाललाई सुनाएका थिए ।

Labels: News, Politics, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana