• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, News, Videos » आलियाको पति को ?
आलियाको पति को ?



असार २६, २०७३- खासगरी सेलिब्रेटीको रिलेसन स्टाटसमा फ्यानको बढ्ता चासो रहने गर्छ । मिडियामा पनि कुन सेलिब्रेटीको कोसँग अफेयर्स छ वा कसको ब्रेकअप भयो भन्ने हेडिङ बढी बिक्ने गर्छन् । यस्तोमा कोही पनि सेलिब्रेटी सिंगल रहनु वा स्टाटस लुकाएर बस्नु भनेको ठूलो दबाब खेप्नु पनि हो । बलिउडकी यतिबेलाकी हटकेक नायिका आलिया भट्टले पनि आफ्नो ‘पति’ र ‘प्रेमी’ को खुलासा गरेकी छन् । को हुन् त उनीहरू ? पक्कै पनि चासो हुन सक्छ । जवाफमा हाँस्दै ‘उड्ता पन्जाब’ नायिका बोलिन्, ‘एक्टिङ मेरो पति हो भने गायन प्रेमी ।’ मिडियाले बारम्बार सोध्ने वा को–स्टारसँग नाम जोडेर लेख्ने गसिपबाट वाक्कदिक्क भएकी आलियाले कटाक्ष शैलीमा यसो भनेकी थिइन् । तर आफ्नो भनाइको सफाइ दिँदै उनले अथ्र्याउन चाहिन्, ‘एक्टिङ मेरो जिन्दगीसँगै लामो यात्रा सहकार्य गर्ने चिज हो भने गायन भनेको मेरो रुचिको विषय हो ।

 थाहा छैन, यी दुवैको मैले कहाँसम्म साथ पाउँछु ।’ ‘स्टुडेन्ट अफ दी इयर’ मार्फत् बलिउड छिरेकी आलिया यतिबेलाकी सफल र चल्तीकी नायिकामा दरिएकी छन् । पहिलो फिल्मबाटै सफलता हात पारेकी आलियाका त्यसपछि आएका ‘हाइवे’, ‘टु स्टेटस्’, ‘हम्प्टी शर्माकी दुल्हनियाँ’ लगालग हिट भए । रिलिज अगावै अनलाइन लिक भए पनि ‘उड्ता पन्जाब’ ले बक्सअफिसमा मात्रै राम्रो कलेक्सन गरेन, आलियाको अभिनयको पनि राम्रो तारिफ भयो । एकपछि अर्को सफलतासँगै पाएको सुखद समीक्षाले पुलकित भएकी २३ वर्षीया आलिया माया प्रेमको चक्करमा भुलेर एक्टिङ करिअरलाई असर नपुर्‍याउने पक्षमा देखिएकी छन् । बरु उनको आँखा यतिबेला हलिउडतर्फ सोझिएका छन् । ‘हलिउड मात्रै नभई म त पाकिस्तानी फिल्मदेखि दक्षिण भारतीय फिल्ममा समेत काम गर्न चाहन्छु,’ आलियाले हालै हलिउड नायिका जेनिफर लरेन्सको एक्टिङबाट आफू प्रभावित रहेको बताउँदै भनिन्, ‘मलाई पनि जेनिफरले ‘सिल्भर लाइनिंग्स प्लेब्याक’ मा खेलेको भूमिकाजस्तैमा काम गर्न मन छ । त्यस्ता भूमिकामा काम देखाउने बढी मौका मिल्छ

Labels: Entertainment, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana