• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Politics, Videos » सत्ताको खेलले दैनिक आर्थिक काराेबार र आर्थिक विकासका मुद्दा ओझेलमा पर्दैछन् ।
सत्ताको खेलले दैनिक आर्थिक काराेबार र आर्थिक विकासका मुद्दा ओझेलमा पर्दैछन् ।

२९ असार, काठमाडौं । संसदको तेस्रो पार्टी नेकपा माओवादी केन्द्र केपी ओली नेतृत्वको गठबन्धन सरकारमा ९ महिना बिताएर मंगलबार बाहिरिएको छ ।सम्भावित सत्ता समिकरणमा कुनै ठूलो चलखेल नभए केही दिनभित्रै हालको प्रमुख सत्तारुढ घटक नेकपा एमाले प्रतिपक्षमा पुग्नेछ ।

 माओवादी केन्द्र र नेपाली कांग्रेसबीचको समीकरणले नयाँ सरकारको नेतृत्व गर्ने भएसँगै यसको असर राजनीतिक वृतमा मात्र नभई आर्थिक वृतमा समेत पर्ने देखिएको छ । वैशाखको तेस्रो हप्तादेखि सत्ता परिवर्तनको खेल जति चहकिलो बनेको छ, आर्थिक विकासका मुद्दा सोही अनुपातमा ओझेल पर्दैछन् । अाजको काराेबार दैनिकमा समाचार छ । संविधान जारी भएपछि व्यवस्थित भएको भनिएको राजनीतिक संक्रमण पुनः फैलिएको छ । यही संक्रमणले मुलुकको अथएतन्त्र धरासायी बनाइसक्दा पनि दलहरु आर्थिक मुद्दामा केन्दि्रत देखिएका छैनन् ।

 स्थायी सरकारमार्फत योजना बजेट तथा नीति कार्यक्रम कार्यान्वयनमा पार्टीहरु उदासीन बन्दैछन् । एउटा सरकारले पूर्ण कार्यकाल रहन नदिने, अघिल्ला सरकारले अघि सारेका आर्थिक विकासका एजेन्डलाई पछिल्लो सरकारले ग्रहरण नर्गे र अर्थतनत्रलाई पार्टीभित्रको गुट अनुकुल बनाउने रस्साकस्सीबीच नयाँ सरकार गठनको कसरत हुँदै आएको छ ।

Labels: News, Politics, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana