• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Politics, Videos » सिंहदरबारमा सदाबहार ! विजय गच्छदार !!गच्छादारका कारण कांग्रेस माओवादी गठबन्धनमा विवाद !
सिंहदरबारमा सदाबहार ! विजय गच्छदार !!गच्छादारका कारण कांग्रेस माओवादी गठबन्धनमा विवाद !

१५ साउन, काठमाडौं । अविश्वासको पक्षमा बहुमत पुग्ने निश्चित देखिएपछि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार छाडेका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारको विषयलाई लिएर कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा विवाद चर्किएको छ ।

 ओली सरकारविरुद्ध सुरुदेखि नै साथ दिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग गच्छदारलाई नल्याउने सहमतिविपरीत माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारमा पूर्ववत् पद दिएर सहभागी गराउने सहमति गरेपछि दुई दलबीच विवाद बढेको आजको राजधानी दैनिकमा समाचार छ । प्रचण्डले बिहीबारको बैठकमा सरकारमा सहभागी हुन र उपप्रधानमन्त्रीसहित पुरानै मन्त्रालय लिन गच्छदारलाई प्रस्ताव गरेपछि कांग्रेस नेताहरुले आपत्ति जनाएका छन् ।

 कांग्रेसले फोरम लोकतान्त्रिलाई सरकारमा सहभागी गराउन नहुने बताएको छ । प्रचण्ड जसरी पनि सहभागी गराउने र कांग्रेस ल्याउनै नहुने अडानमा रहेपछि विवाद बढेको एक नेताले बताए । गच्छदार भने जसरी पनि सरकारमा सहभागी भई मधेसी मोर्चालाई बाहिर धकेल्ने योजनामा रहेका छन् । देउवाले आफ्नो सहमतिविना जथाभावी आश्वासन नदिन प्रचण्डलाई चैतावनी नै दिनुपरेको कांग्रेसका एक नेता बताउँछन् । गच्छादारको सट्टा मधेसी मोर्चालाई सरकारमा ल्याउन कांग्रेसले गृहकार्य गरिरहेको छ ।

Labels: News, Politics, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana