• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Videos » खुट्टा बाउँडिने वा मासु फर्कने कारण बाट बँच्न तथा यो समस्याबाट जोगिन निम्न कुरामा ध्यान दिनु जरुरी छ ।
खुट्टा बाउँडिने वा मासु फर्कने कारण बाट बँच्न तथा यो समस्याबाट जोगिन निम्न कुरामा ध्यान दिनु जरुरी छ ।

पाईं हामी मध्य धेरैलाई खुट्टा बाउँडिने अथवा मासु फर्किने समस्याले सताउँछ । तर त्यो किन हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । यसबाट बँच्न तथा यो समस्याबाट जोगिन निम्न कुरामा ध्यान दिनु जरुरी छ ।मांसपेशी बाउँडिने अथवा फर्कने कारणहरु यस्ता छन्- पानीको कमीः शरीरमा पानीको कमीले गर्दा पनि मानिसहरुलाई मांसपेशी बाउँडिने समस्या हुने गर्छ ।

 शरीरमा पानी कम हुँदा शरीरमा पौष्टिक तत्वको कमी हुन्छ । शरीरमा तरल पदार्थ तथा मिनरल्सको कमीले गर्दा इलेक्ट्रोलाईको मात्रा विग्रने हुँदा यो समस्या उब्जन्छ । बसाई नमिलेमाः हामीमध्य धेरैजसो बसाईंमा त्यति ध्यान दिँदैनौ । जसले गर्दा शरीरमा बसाईंको तालमेल मिल्दैन । यसल शरीरको एउटा भागमा मात्र प्रेसर पर्न गई उक्त भागमा पोषण लगायतको अक्सिजनको कमी भएर मासु बाउँडिने गर्दछ । रक्तसञ्चार राम्रे नभएमाः शरीरमा रक्त सञ्चार राम्ररी नभएमा पनि मासु बाँउडिने गर्दछ ।

 यसको रोकथामका लागि उक्त भागलाई कस्ने भन्दा पनि तातो लगाएर रक्त सञ्चारलाई प्रभावकारी बनाउनु पर्दछ । पोटासियमको कमीः पोटासियमको कमीले पनि शरीरमा इलेक्ट्रोलाईटको मात्रा विग्रन्छ । जसले गर्दा खुट्टा बौडिने, मासु फर्कने लगायतका समस्या देखा पर्छ । यसबाट बच्न तथा शरीरमा पोटासियमको मात्रा बढाउन केरा, पात भएका तरकारी, ड्राई फुड्स लगायतका पोटासियमयुक्त खाना खानु उचित हुन्छ ।

Labels: Health, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana