• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
InterView, News, Videos » गिनीज बुकमा नाम लेखाउने तयारीमा सत्यराज
गिनीज बुकमा नाम लेखाउने तयारीमा सत्यराज

काठमाडौं । गजलमा विश्वमै नौलो काम गरेको भन्दै कुनै नेपाली गायकले ‘गिनीज बुक अफ वल्र्ड’ मा नाम लेखाउने प्रयाश गर्‍यो भने के होला ? परिणाम आफ्नो पक्षमा आओस् नआओस् तर, गायक सत्यराज आचार्य अहिले ‘गिनिज बुक अफ वल्र्ड’मा नाम लेखाउने अभियानमा छन् । ‘मैले धेरै अध्ययन गरेँ अहिलेसम्म एउटै ब्यक्तिले शब्द, स्वर र संगीत दिएको गजल संग्रह भेटिन म गीनिज बुकमा नाम लेखाउने तयारीमा छु’ अनलाइनखबरसँग कुरा गर्दै सत्यराजले भने । जब उनले गिनीजबुकमा नाम लेखाउन केहि प्रमाण पेश गरे । कार्यालयमा मान्छेहरुले सिधै भने होइन होला । विश्वका केहि चर्चित गजल गायकको नामै लिएर भने ‘यस्ता गजल त थुप्रै आएका छन् त’ ।

 सत्यले सबुद प्रमाण पेश गर्दै भने ‘गजल त धेरैले गाएका छन् तर, एकल शब्द, संगीत र स्वर दिने मैं मात्रै हुँ विश्वमा’ अहिले उनले पेश गरेको प्रमाणका विषयमा गिनिज बुकले अध्ययन गरिरहेको छ । पाकिस्तानका मेहदी हसन, गुलाम अली भारतका पंकज उदास, जगजीत सिंह लगायतका गायक गजल गायककै रुपमा चर्चित छन् । उनीहरुले सयौं गजलमा स्वर दिएका छन् । सत्य भन्छन् ‘उहाँहरुले स्वर त दिनु भएको छ । तर, एकल शब्द संगीत र स्वर रहेको एउटै एलबम छैन’ । नेपालमा डा कृष्णहरि बराल, घनश्याम परिश्रमि, ललिजन रावल लगायतका धेरै लेखक गजल लेखकका रुपमा चिनिन्छन् । शक्ति बल्लभले धेरै गजलमा संगीत गरेका छन् । स्वर दिनेहरु पनि धेरै छन् । एकल एल्बम कसैको छैन । नेपाली संगीतको सुरुवात गजलवाटै सन १९६५ मा नेपाली संगीतको औपचारिक सुरुवात भएको मानिन्छ । त्यो मितिलाई मान्ने हो नेपालमा सांगितीक गतिविधी सुरु भएको १०८ वर्ष भयो । पहिलो पटक सेतुरामले गाएका थिए । जुन गीत नभएर गजल थियोः यता हेर्‍यो मेरै रामप्यारा छन् उता हेर्‍यो मेरै रामप्यारा छन् पहिलो रेकडिङ नै गजल भएपनि कालान्तरमा गजलले निरन्तरता पाउन सकेन । सत्यराज भन्छन् ‘राणा शासनकाल र तत्कालिन समाजमा गजल फष्टाउन पाएन’ ००७ सालमा प्रजातन्त्र आएपछि रेकडिङ सुरु भयो । ०१४ सालमा रेडियो नेपाल स्थापना भएपछि केहि समय हिन्दी गीत गाउने चलन थियो । सत्यराजको भनाई अनुसार सुरुवातमा हिन्दी गीत गाएपनि पछि आधुनिक गीत आयो । त्यहि विचमा केहि गजल गायक नआएका त होईनन् तर, गजललाई होल्ड गरेर लान सकेनन् ।

गीतको तुलनामा गजलमा बढी मेहनत गर्नु पर्ने भएकाले पनि धेरै गायक गायिकाले गजल नरोजेको हो कि भन्ने लाग्छ सत्यलाई । उनको भनाई अनुसार गजलमा अन्य गीतको तुलनामा आर्थिक भार नपरे पनि कम्पोजर र गायकले बढी मेहनत गर्नुपर्छ । गजल थोरै आउनुमा सत्यलाई लाग्छ । गजलको आफ्नै स्टाईल छ । गजल शास्त्रिय हुनैपर्छ । कुनै पनि गजल गजल हुनलाई स्वर र धुनमा बेग्लै मिठास हुनुपर्छ । सत्यलाई लाग्छ कतिपय गजल भनिन्छ । तर, सुन्दा गजल जस्तो लाग्दैन’ बुबाको प्राक्टिसले गजलमा आकर्षित उनको बुबा भक्तराज आचार्य घरमा गजलको प्राक्टिस गरिरहन्थे । जतिवेला सत्य सानो थिए । ‘बुबाले किन यस्तो लेग्रो तानेर गाउँनु भएको होला ?’ यहि सोच्थे । बुबाले एउटै शब्दलाई दुई चार पटक खेलाइरहेको सुन्दा उनलाई अचम्म लाग्थ्यो । भन्छन् ‘यसरि गाउँदा केहि हुन्छ भन्ने चाँही मेरो मनमा सानैदेखि परेको थियो ‘ सत्यले बुबाकै प्राक्टिसवाट अलि अलि बुझे । त्यसपछि गजल सुन्नेक्रमलाई बढाउदै लगे । जब गजल संरचनाको वारेमा बुझे, अनि आफैं लेख्न थालेँ । ‘आफैंले बुझेपछि यस्तो चस्का पस्यो ।

 गजल लेख्दै गएँ कम्पोज गर्दै गएँ ।’ सत्यले आफु गलल लेखक हुनुको कारण सुनाए । लेख्न थालेको एक दशक पुगेपछि राम्रा गजल छाने । एउटा एलबमलाई पुग्ने भएछ । फुटकर गजल गाउँने सोचमा रहेका सत्यले एल्बमै निकाल्ने सोच बनाए । गजल सुनिसकेपछि ‘मुधशाला’ भन्ने टाइटल उनका भाई स्वरुपले राखिदिएका थिए । अहिले यहि गजलको दुईटा भिडियो समेत बनेको छ । एउटा भिडियोको निर्देशन समेत सत्य आफैंले गरेका छन् ।

Labels: InterView, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana