• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Technology, Videos » एक नयाँ अध्ययनले बच्चाले गर्भबाटै बोल्न सिक्छ
एक नयाँ अध्ययनले बच्चाले गर्भबाटै बोल्न सिक्छ

एक नयाँ अध्ययनले शिशुले गर्भबाटै बोल्न सिक्ने र बाहिर भएको कुराकानी थाहा पाउने तथ्य पत्ता लगाएको छ । फिनल्याण्डका वैज्ञानिकहरुले राम्रो सँग बोल्ने, गाउने तथा झगडा नगर्ने बुवा आमाका शिशुले गर्भमै भाषिक सिप विकाश गर्ने अवसर पाउने दाबी गरेका छन् ।आमाको पेटभित्र हुँदा नै शिशुले बाहिर वातावरणमा भएको बोलचाल सुन्छ ।

उसले धेरै पटक सुनेका कुरा गर्भमै रहँदा स्मरणमा पनि राख्छ । शोधकर्ता मिन्ना होटिलेनेनका अनुसार बच्चा जन्मिँदा खेरि मानसिक वा बौद्धिक रुपमा शुन्य हुँदैन । केही सिप लिएरै जन्मिएको हुन्छ । बच्चाले जन्मिनु अघि नै आफ्ना बाउ आमा तथा परिवारका अन्य सदस्यले कसरी बोल्छन् भन्ने कुरा बच्चाले गर्भमै बाहिरको बोलिचालि सुन्ने र केही शव्दहरु स्मरण पनि गरेको हुनाले जन्मिएको केही महिनामै नसिकाएका नयाँ शव्द समेत झ्वाट्ट बोल्न थाल्छ अनि भाषा समेत बुझ्न थाल्छ ।

 बच्चाले गर्भावस्थामै बाहिरको आवाज सुन्ने भएपनि मस्तिष्कको विकाश पूर्ण भैनसकेको हुनाले त्यस अवस्थामा सुनेको कुरालाई विश्लेषण गर्ने र सोही अनुरुप बोल्न नसक्ने हुन्छ । तर जन्मिएको केही महिनापछि उसको मस्तिष्क तथा बोल्ने अंग समेत विकशित हुँदै गएपछि उसले पहिले सिकेका र पछि सिकाइएका कुराहरु सबैले बुझ्नेगरि बोल्न थाल्ने शोधकर्ता बताउँछन् । यसबारेको खबर मेडिकल एक्सप्रेस जर्नलमा छापिएको छ ।

Labels: Health, News, Technology, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana