• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Technology, Videos » बर्षाका कारण ललितपुरको टौखेलमा पर्खाल भत्केर दुई विद्यार्थीको मृत्यु, १९ घाइते
बर्षाका कारण ललितपुरको टौखेलमा पर्खाल भत्केर दुई विद्यार्थीको मृत्यु, १९ घाइते

बर्षाका कारण लालितपुरको टौखेलस्थित पुष्पाञ्जली बोर्डिङ स्कूलको कक्षा तीनको पर्खाल भत्किंदा दुई जना बिद्यार्थीको मृत्यु भएको छभने बााकी १९ जना घाइते भएका छन् । घाइतेहरुको बी एण्ड बी, पाटन र सुमेरु अस्पतालमा उपचार भइरहेको छ । ललितपुर प्रहरीका सई प्रकाश घिमिरेका अनुसार मृत्यु हुनेमा ९ बर्षका कृपा राई र १० बर्षका अञ्जना पुन छन् ।
 उनीहरुलाई अस्पताल ल्याउने क्रममा मृत्यु भएको हो । स्कूलका प्रिन्सिपल पुहमीकान्ती बज्रचार्य लेप्चाले स्कूल नजिकैको प्लाटिङको पर्खाल भत्केर स्कूलको भित्तामा लागेपछि स्कूलको भित्ता भत्किंदा किचिएर बच्चाहरु घाइते भएको बताए । घाइते मध्ये १२ जनाको बीएण्डबी अस्पतालमा उपचार भइरहेको छभने पाटन अस्पतालमा उपचार गराईरहेका ५ जना मध्ये क्रिस्चल ढुंगानालाई सुमेरु अस्पतालमा लगिएको छ । ​दुई जना डिस्चार्ज भएर गइसकेका छन् ।

Labels: News, Technology, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana