• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Videos » यात्रु बस अवैध मदिरा ओसार्ने माध्यम
यात्रु बस अवैध मदिरा ओसार्ने माध्यम

मोरङको कोशी हरैचा नगरपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले अवैध घरेलु मदिरा सहित एउटा यात्रुबहाक बसलाई शुक्रबार नियन्त्रणमा लिएको छ । झापाबाट विराटनगरतर्फ आउँदै गरेको ना ५ ख ४८८९ नम्बरको मकालु यातायातको बसमा ल्याउँदै गरेको अवस्थामा दुई सय ७५ लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताए ।
 बस, बरामद भएको मदिरा र चालक डिल्लीराम दर्जीलाई नियन्त्रणमा लिएर शुक्रबारै आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाइएको डीएसपी थापाले बताए । राजश्व कार्यालयले १४ हजार एक सय २५ रुपैयाँ जरिवाना गरेर चालक र बसलाई छाडिदिएको छ ।

Labels: News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana