पोल्याण्डलाई पेनाल्टी सुटआउटमा हराउँदै पोर्चुगल युरोकपको सेमिफाइनलमा
असार १७, २०७३- पोल्याण्डलाई पेनाल्टी सुटआउटमा ५-३ ले हराउँदै पोर्चुगल जारी युरोकप २०१६ को सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्चुगल सेमिफाइनलमा पुगेको यो चौथो पटक हो ।
निर्धारित समय र अतिरिक्त समयको खेल १-१ को बराबरीमा सकिएपछि खेल निर्णयको लागि पेनाल्टी सुटआउटमा गएको थियो ।
पोल्याण्डका ज्याकुब ब्लासचोकोब्स्कीको पेनाल्टीलाई पोर्चुगलका गोलरक्षकले रुई प्याट्रिसियाले रोकेका थिए । पोर्चुगलका रिकार्डो करिज्माले विजयी पेनाल्टी प्रहार गरेका थिए ।
पोल्यान्डका लेवान्डोस्कीले १ मिनेट ४० सेकेन्डमा गोल गरेर पोल्यान्डलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा यो उनको पहिलो गोल हो भने पोल्यान्डका लागि उनको यो ३५ औँ गोल हो।
पोर्चुगलविरुद्ध पोल्यान्डले युरो इतिहासकै दोस्रो छिटो गोल गरेको छ। युरो इतिहासकै सबैभन्दा छिटो गोल भने ६७ सेकेन्डमा ग्रिसविरुद्ध रसियाका डिमिट्री किर्चेन्कोले सन् २००४ मा गरेका थिए।
तर, खेलको ३३ औं मिनेटमा पोर्चुगलका रेनाटो सान्चेसले गोल गर्दै बराबरी गरे ।
अब फाइनल प्रवेशका लागि पोर्चुगलले बेल्वियम र वेल्सको खेलको विजेतासँग खेल्नु पर्नेछ ।


0 comments
Write Down Your Responses