मेसीले निर्णयमा पुनःविचार गर्ने स्वारेजकाे विश्वास

बार्सिलोना स्ट्राइकर लुइस स्वारेजले अर्जेन्टिनी कप्तान लियोनल मेसीले हालै गरेको सन्यास घोषणाको निर्णयमा पुनःविचार गर्नुपर्ने बताएका छन्।
उरुग्वेका प्रभावशाली खेलाडी स्वारेज मेसीसँगै बार्सिलोना क्लबबाट खेल्छन्।
हालै अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा डिफेन्डिङ च्पाम्पियन चिलीसँग पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित भएपछि २९ वर्षिय मेसीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका थिए। उनको यो घोषणालाई विश्वभरिबाट अनपेक्षित रुपमा लिइँदै आएको छ।
अर्जेन्टिनी राष्ट्रपति मुरी मर्शी तथा फुटबलका महान् हस्ती डिएगो म्यारोडोनाले समेत निर्णयमा पुर्नविचार गर्न मेसीलाई आग्रह गरेका थिए। उरुग्वेको रेडियो टेनफिल्डसँग कुरा गर्दै स्वारेजले मेसीले सन्यास निर्णय परिवर्तन गर्छन् भन्नेमा आफू विश्वस्त रहेको बताए। ‘मेसीले जे निर्णय गरेपनि उनी सदै महान् खेलाडी रहिरहनेछन्। मलाई विश्वास छ मेसीले आफ्नो निर्णयमा पुनःविचार गर्नेछन्!
उनले भने मेसीका लागी अहिलेको समय जटिल रहेको भन्दै उनले सबैलाई आफ्नो निर्णय गर्ने अधिकार भएको र उनीहरुको निर्णयको सबैले सम्मान गर्नुुपर्ने पनि उल्लेख गरेका छन्।

0 comments
Write Down Your Responses