• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Sports, Videos » मेसीको प्रतिमा सार्वजनिक
मेसीको प्रतिमा सार्वजनिक

बियोनस आरिस–अर्नेन्टिनाको राजधानी बियोनस आरिसमा लियानेल मेसीको प्रतिमा सार्वजनिक गरिएको छ । मेसीले अन्तराष्ट्रिय खेल जिवनबाट संन्यासको घोषणा गरेको एक दिनपछि नै त्यहाँका मेयर राड्रिग्वेन लोरेटाले उनको प्रतिमा सार्वजनिक गरेका हुन्।

 हालै अमेरिकामा सम्पन्न कोपा अमेरिकाको फाइनलमा डिफेन्डिङ च्पाम्पियन चिलीसँग पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित भएसँगै २९ वर्षीय मेसीले अप्रत्यासित रुपमा सन्यासको घोषणा गरेका थिए । उनको यो घोषणापछि उनले आफ्नो निर्णयमा पुर्नविचार गर्नुपर्ने आवाज उठिरहेको छ ।

 अर्जेन्टिनाका राष्ट्रपतिले मुरीको मर्शिले मेसीलाई फोन गर्दै आफ्नो सन्यासको निर्णय फिर्ता लिन आग्रह गरेका थिए । साथै पूर्व कप्तान डिएगो म्यारोडोनाले पनि मेसीले सन्यासको निर्णय फिर्ता लिएर रसियामा सन् २०१८ मा हुने आगामी विश्वकप खेल्नुपर्ने बताएका छन् । यता सोमबार अमेरिकाबाट स्वदेश फर्किएका मेसीले भने हालसम्म यस विषयमा मुख खोलेका छैनन्।

Labels: News, Sports, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana