मेस्सीले स्वर्गमा खेले पनि मर्न तयार छौँ'
असार १३, २०७३- विश्व फुटबलकै सिद्धान्त हो, राम्रो टिमले मात्र जित्नु पर्छ भन्ने छैन् । फेरि राम्रो टिमले सधैं हार्नु पर्छ भन्ने पनि त छैन । अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा आज चिलीको हातबाट टाइब्रेकरमा पराजित रह्यो । सुट आउटको नतिजा चिलीको पक्षमा ४–२ रह्यो । एक वर्ष अगाडिको कोपा अमेरिकामा पनि अर्जेन्टिना चिलीकै हातबाट पराजित रहेको थियो । त्यो पनि टाइब्रेकरमा । त्यसको पनि एक वर्ष अगाडि अर्जेन्टिना विश्वकपको फाइनलमा पनि हारेको थियो, जर्मनीसँग ।
अहिले तत्काल अर्जेन्टिना विश्व फुटबल बरीयताको शीर्ष स्थानमा रहेको टिम हो । फाइनल प्रवेश गर्ने क्रममा अर्जेन्टिनाले निकै माथिल्लो दर्जाको फुटबल पनि पस्केको थियो । तर त्यस्तै प्रदर्शन फाइनलमा भने दोहराउन सकेन् । पूरा १ सय २० मिनेटको खेलपछि पनि दुवै टिम गोलरहित बराबरीमा रहेका थिए । पेनाल्टी सुटआउटमा अर्जेन्टिनालाई फेरि एकपल्ट भाग्यले साथ दिएन । विश्व फुटबलका अहिलेका सबैभन्दा ठूला स्टार लियोनल मेसीको पहिलो पेनाल्टी नै गोल भएन् ।


0 comments
Write Down Your Responses