फेसबुकमा कसरी रोक्ने लाइभ भिडियोका अनावश्यक नोटिफिकेसन ?यसका लागि निम्न उपाय अपनाउनुहोस्ः
फेसबुकले आफ्नो लाइभ भिडियो स्ट्रिमिंग सर्भिस फेसबुक लाइभ केही समय पहिले सुरु गरेको थियो र यसका प्रयोगकर्ताको सख्या निकै बढिरहेको छ । वास्तवमा भिडियोको दुनियामा यु ट्युबजस्तै फेेसबुकलाई पनि चिनन् भन्ने चाहना उसको छ ।
जो कोहीले पनि आफ्नो भिडियो फेसबुकमा साथीहरुका लागि प्रशारण गर्न सक्दछ र त्यो सकिएसँगै शेयर गर्न सकिन्छ ।
यसबाट जो कसैको भिडियो परिवार तथा साथीहरुको समूहमा पूराउन निकै सजिलो बनेको छ ।
तर अनावश्यक भिडियोको नोटिफिकेसन तपाइँको स्मार्टफोनका लागि समस्याको विषय बनिरहेको छ ।
तर अनावश्यक भिडियोको नोटिफिकेसन तपाइँको स्मार्टफोनका लागि समस्याको विषय बनिरहेको छ ।
तर यस्तो अनावश्यक नोटिफिकेसनलाई बन्द गर्नु खासै गाह्रो काम भने होइन । यसका लागि निम्न उपाय अपनाउनुहोस्ः
· फेसबुक अकाउन्टमा लगइन गरी आफ्नो स्त्रिmनको सबैभन्दा दायाँतर्फको ड्रपडाउनवाला आइकन मा क्लिक गरी सेटिंग्स भन्ने मेनूमा जानुहोस् ।
· सेटिंग्समा क्लिक गरिसकेपछि त्यहाँ बायाँतर्फ नोटिफिकेसन भन्ने अप्सन देखिनेछ । नोटिफिकेसन्स नामक अप्सनमा क्लिक गरीसकेपछि तपाइँले अन फेसबुक नामक अप्सनमा क्लिक गर्नुपर्नेछ ।
· अन फेसबुकभित्र विभिन्न खाले फिचरहरु अन गर्ने की अफ गर्ने भन्ने अप्सन हुन्छ । अन्तिमतिर लाइभ भिडियोज भन्ने अप्सन पनि हुन्छ र त्यसको दायाँतर्फको आइकनमा अन, सजेसन्स अफ र अल अफ गरी तिनवटा विकल्प हुनेछन् । त्यसमध्ये अल अफ नामक अप्सन छान्नुहोस् ।
· सेटिंग्समा यो परिवर्तन गरेसँगै फेसबुक लाइभको कुनैपनि नोटिफिकेसन तपाइँलाई प्राप्त हुनेछैन ।
त्यस्तै यदि तपाइँलाई कसैले आफ्नो फेसबुक लाइभ सेसनका लागि इनभाइट गर्दछ तर तपाइँ त्यस्तो निम्तो आओस् भन्ने चाहनुहुन्न भने फेसबुकको सेटिंग्स मेनुमा रहेको ब्लकिंग अप्सनभित्र गएर ब्लक एप्स इन्भाइटमा तपाइँलाई त्यस्तो निम्तो पठाउने मानिसको नाम टाइप गरिदिनुहोस् । त्यसपछि तपाइँलाई त्यस साथीबाट त्यस्तो निम्तो पुनः आउनेछैन ।

यदि तपाइँ स्मार्टफोनमा फेसबुक प्रयोग गरिरहनुभएको छ भने यो कुरा जान्न निकै जरुरी छ की फेसबुकले उसको फेसबुक एप प्रयोग गर्नका लागि प्रयोगकर्ताबाट जति जानकारी लिन्छ अरु कुनैपनि एपले त्यतिधेरै जानकारी लिँदैन ।

0 comments
Write Down Your Responses