• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, Health, InterView, News » सपनाको सबैभन्दा राम्रो पलभन्दा ठिक अगाडि हामी किन ब्यूँझन्छौं ?आँखा किन खुल्छ ?यसको कारण !!!!
सपनाको सबैभन्दा राम्रो पलभन्दा ठिक अगाडि हामी किन ब्यूँझन्छौं ?आँखा किन खुल्छ ?यसको कारण !!!!

के तपाईंले कहिले सोच्नुभएको छ, कुनै मिठो सपना देखिरहेका बेला त्यो सपनाको सबैभन्दा राम्रो पल नजिक आउँदा तपार्ईंको आँखा किन खुल्छ ?  यसबारे धेरै मानिसहरुलाई यसको कारण थाहा छैन । सपनाको सबैभन्दा राम्रो पललाई हामी किन मिस गर्छौं भन्ने बारे आज हामी तपाईंलाई बताउँदैछौं । सपनाको सबैभन्दा राम्रो पलको आसपास पुग्दा निन्द्रा टुट्दा हामी सबैलाई रिस उठ्छ ।

 यसलाई ल्यूसिट ड्रिम भनिन्छ । सबैभन्दा राम्रो पल आउनै लाग्दा हाम्रो धड्कन बढ्छ । सपनामै पनि हामी त्यो पलमा जान आतुर हुन्छौं तर धड्कन बढेका कारण हाम्रो आँखा खोलिहाल्छ । सपना देखिरहेका बेला हामी यस्तो पलको करिब पुग्दा हामी विपरित लिङ्गीलाई आफ्नो अगाडि पाउँछौं । यस्तो प्रकारको स्थिती ६० प्रतिशत सपनामा हुन्छ । यसको पछाडि वैज्ञानिक कारण पनि रहेको छ । क्योरा वेबसाइट प्रयोग गर्ने रोस केल्विनले यो विषयमा अनुसन्धान गरेका छन् ।

उनका अनुसार सपनाको क्रममा हाम्रो दिमागमा आरइएम र एनआरइएम नामको हलचल हुन्छ । कुनै सपना पूरा हुनैलाग्दा हाम्रो आरइएम (र्यापिड आई मुभमेन्ट) सक्रिय हुन्छ । यही कारणले हाम्रो आँखा खुल्छ । एनआरइएम (नन– र्यापिड आई मुभमेन्ट) को क्रममा हामी कम महत्वपूर्ण सपना निकै सजिलै देख्छौं । एनआरइएमको दौरान दिमाग धेरै सक्रिय हुँदैनन् जसका कारण हामी कम महत्वपूर्ण सपनालाई तुरुन्त बिर्सने गर्दछौं । तर आरइएम भएका कारण धेरै महत्वपूर्ण सपना अधुरै हुँदा रिसाउने गर्दछौं ।

Labels: Entertainment, Health, InterView, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana