• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, InterView, News, Politics » राज्यको ढुकुटीको जिम्मा लिने अर्थ मन्त्रालयका प्रशासनिक नेतृत्व गर्ने सचिवलाई खाजा र खाना पाच तारे होटलबाट आउने गरेको छ ।मन्त्रालयका एक कार्यालय सहयोगीले भने ।
राज्यको ढुकुटीको जिम्मा लिने अर्थ मन्त्रालयका प्रशासनिक नेतृत्व गर्ने सचिवलाई खाजा र खाना पाच तारे होटलबाट आउने गरेको छ ।मन्त्रालयका एक कार्यालय सहयोगीले भने ।

राज्यको ढुकुटीको जिम्मा लिने अर्थ मन्त्रालयका प्रशासनिक नेतृत्व गर्ने सचिवलाई खाजा र खाना पाच तारे होटलबाट आउने गरेको खुलासा भएको छ । अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १० देखि ५ बजे भन्ने हुन्न । कुर्सीमा बस्ने जोपनि बिहानै मन्त्रालय आउने र साँझ अबेरसम्म बस्ने गर्छन् ।

अर्थ सचिव लोकदर्शन रेग्मी पनि त्यसै गर्छन् । अझ उनी त मन्त्रालयका निकटस्थलाई लिएर डिनरमा द्वारिकाज जाँदा पनि फर्केर मन्त्रालयमा आई राति १० बजे सिंहदरबारभित्रै इभनिङ वाक गर्छन् । बिहान ब्रेकफास्टदेखि डिनरसम्मको खानेकुरा द्वारिकाजबाटै आउँछ। ‘सचिवज्यूलाई सुप खान मन लागे पनि द्वारिकाजमै अर्डर हुन्छ,’ मन्त्रालयका एक कार्यालय सहयोगीले भने ।

तत्कालीन सचिव रामेश्वर खनाल र शान्तराज सुवेदी क्यान्टिनकै चाउचाउ खान्थे, कहिलेकाहिँ सुक्खा रोटी तरकारी । कृष्णहरि बास्कोटाले चाउचाउबाहेक सायदै खाए, चाउचाउमा एउटा अन्डाचाहिँ चाहिन्थ्यो। ‘अहिलेका सचिवलाई ब्रेड पनि द्वारिकाकै नभई नहुने,’ती सहयोगीले भने।

Labels: Entertainment, InterView, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana