• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, InterView, News » पूर्व राष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर सरकारले ६० लाख उपचार खर्चको साथमा दैनिक ३ सय डलर भत्ता दिने
पूर्व राष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर सरकारले ६० लाख उपचार खर्चको साथमा दैनिक ३ सय डलर भत्ता दिने

पूर्व राष्ट्रपति डा रामवरण यादवलाई सरकारले ६० लाख रुपैयाँ उपचार खर्च दिने निर्णय गरेको छ । ६० लाख उपचार खर्च र अमेरिका आउन जान बिजनेस क्लास टिकट, दैनिक ३ सय अमेरिकी डलर भत्ता दिने निर्णय समेत सरकारले गरेको छ ।

 पूर्व राष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर भएपछि उनी थप उपचार लागि अमेरिका जाने तरखरमा छन् । यावदका तीन सहयोगीहरुलाई समेत सुविधा दिने निर्णय सरकारले गरेको छ । सहयोगीले दैनिक १५० डलर भत्ता तथा टिकट खर्च पाउने छन् । पूर्व राष्ट्रपति डा रामवरण यादवलाई उपचार सुविधा दिने निर्णय मन्त्रिपरिषदले अघिल्लो हप्ता नै पारित गरिसकेको छ ।

 भारतमा गरिएको स्वास्थ्य परीक्षणमा यादवलाई प्रोस्टेट क्यान्सर देखिएको हो । प्रोस्टेट क्यान्सर देखिएपछि यादव शल्यक्रियाका लागि अमेरिका जान लागेका हुन् । यसअघि पनि सरकारले यादवलाई भारतमा उपचार गराउन १० लाख रुपैयाँ दिएको थियो

Labels: Health, InterView, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana