के हो ग्यास्ट्रोएन्टेराइटिस ?ग्यास्ट्रोएन्टेराइटिस यसबाट कसरी बच्ने? यसबाट बाँच्न विशेष सतर्कता अपनाउनु आवश्यक पर्छ ।
हाम्रो मुलुकमा बर्सेनि करिब एक लाख व्यक्तिलाई प्रभावित गर्ने र सयको हाराहारीलाई मृत्युको मुखमा पुर्याउने ग्यास्ट्रोएन्टेराइटिसको समस्या अचेल मेचीदेखि महाकालीम्म फैलेको छ । ‘स्टमक फ्लु’ र ‘खाद्य विषाक्तता’ समेत भनिने यो संक्रमण वैशाखदेखि सुरु भए पनि भदौको अन्त्यसम्म जारी रहने भएकाले यसबाट बाँच्न विशेष सतर्कता अपनाउनु आवश्यक पर्छ । मुख्य रूपमा प्रदूषित खाना र पानीका कारण वर्षेनी गर्मी/वर्षा याममा मुलुकमा यो संक्रमण देखिने गरेको इपिडिमियोलजी विभागका प्रमुख डा. गुणनिधि शर्मा बताउँछन् । उनका अनुसार ग्यास्ट्रोएन्टेराइटिसको मुख्य कारण खाद्य पदार्थ र पानी दिसाले संक्रमित हुनु हो ।
संक्रमणको आशंका भए :
- शरीरमा पानीको कमी हुन नदिन प्रशस्त तरल पदार्थ सेवन गर्नुस्
- पेटलाई व्यवस्थित हुन दिन केही घन्टाका लागि खाना बन्द गर्नुस्
- सजिलै पच्ने खाद्य पदार्थ सेवन गर्नुस्
- दूध वा दुग्ध उत्पादन उपयोग नगर्नुस्
- कफी, रक्सी, सुर्ती, बोसो भएका पच्न गार्हो हुने पदार्थ उपगोग नगर्नुस्
- काँचो फल र सब्जी नखानुस्
- पर्याप्त आराम गर्नुस्
चिकित्सककहाँ कतिखेर जाने ?
- ज्वरो १०१ डिग्रीभन्दा बढी आए
- उभिँदा बेहोसीजस्तै अनुभव भए
- पेट एकदमै दुखे
- मतिभ्रमको स्थिति देखिए
- दुई दिनभन्दा बढी समय वान्ता भए
- पखालामा रगत आए
बचाउ
- स्वच्छ खाना मात्र खानुस्
- सडकछेउका असुरक्षित खाद्य पदार्थ नखानुस्
- उमालेको, क्लोरिन वा आयोडिनले शुद्घ पारिएको पानी मात्र खानुस्
- नियमित व्यायाम गर्नुस्
- पोषक तत्त्व सेवन गर्नुस्
- नियमित रुपमा साबुनपानीले हात धुनुस्
लक्षण
- पेट दुख्नु
- दिसा पातलो हुनु
- वाकवाकी/वान्ता हुनु
- जीउ गल्नु
- कमजोरी हुनु
- रिँगटा लाग्नु


0 comments
Write Down Your Responses