• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, InterView, News » प्रत्येक देशको झण्डा फरक फरक हुन्छन् र तिनको विशेषता पनि आ–आफनै छन् ।राष्ट्रिय झण्डाको बिशेषता के हो ? ईतिहास यस्तो छ
प्रत्येक देशको झण्डा फरक फरक हुन्छन् र तिनको विशेषता पनि आ–आफनै छन् ।राष्ट्रिय झण्डाको बिशेषता के हो ? ईतिहास यस्तो छ

राष्ट्रिय झण्डाको बिशेषता के हो ? ईतिहास यस्तो छ बिश्वका देशको आ–आफनै राष्ट्रिय झण्डा हुन्छ । प्रत्येक देशको झण्डा फरक फरक हुन्छन् र तिनको विशेषता पनि आ–आफनै छन् । जनबिस्वसमा चाँही झण्डाको शुरुवात सेनाले गरेको भन्ने रहँदै आएको छ । तर यो कुराबारे कुनै ठोस प्रमाण त भेटिएको छैन । शुरुमा लौरामा बाँधेर टांगिने ती रंगीन कपडाहरुलाई विशेष आकार, प्रकार र रुपरङमा बनाउन थालिएको इतिहास छ ।


सैनिकलाई एकत्रित गर्न लडाइँको मैदानमा आफ्ना निश्चित ठाउँमा रंगीन कपडा फहराइन्थ्यो । यस्तो कपडा देखेपछि टाढा–टाढा रहेका सैनिकहरु पनि एकै ठाउँमा भेला हुन पुग्दथे । संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ । जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको थियो । त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा प्रयोगमा ल्याएको हो । १९ औं शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफनो राष्ट्रिय झण्डा छनोट गरेका हुन् ।

 अमेरिकामा जेएल हड्सनले विश्वमै सबैभन्दा ठूलो झण्डा बनाएका थिए । सन् १९४९ जुन १४ मा निर्मित उक्त झण्डाको लम्बाई ३२५ फुट र चौडाई १०४ फुट थियो । १ हजार ५ सय पाउण्ड तौलको उक्त झण्डालाई प्रत्येक बर्ष १४ जुनका दिन अमेरिकामा फहराउने गरिन्थ्यो, जुन चलन हालसम्म पनि कायम छ । अमेरिकी झण्डामा हुने ५० वटा ताराले त्यहाँका ५० वटा राज्यको संकेत गर्छ । यसैगरी भारतको तिरङ्गा अर्थात तीन रङले बीरता, शान्ति र समृद्धिको अर्थ राख्ने गर्दछ । बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसारमा बिशेष आकर्षक मानिन्छ ।

यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ । यस प्रकार प्रत्येक देशका झण्डामा अंकित रंग र संकेतले केही न केही अर्थ राख्ने गरेको छ । सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व ११२६ मा चीनमा रहेको झाओ राजबंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेका छन् । स्रोतः न्युज २४

Labels: Entertainment, InterView, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana