शीर्षनेताको रहस्यः कुन नेताका छोराछोरी के गर्दैछन् ?
शेरबहादुर देउवा-नेपाली कांग्रेसका सभापति देउवा वैवाहिक जीवनमा गाँसिनुअघि नै केन्द्रीय राजनीतिमा उदाइसकेका थिए । उनले गृहमन्त्रीका रुपमा वहाल रहँदै आरजु राणासँग विशेरबहादुरका एकमात्र सन्तान छन्, बीरध्वज देउवा । तर, छोरा देउवालाई बुवा देउवाले गरेका राजनीतिक निर्णयको कुनै असर पर्दैन । उनी बेलायतमा राजनीतिशास्त्रमा विद्यावारिधि गर्दैछन् ।
रामचन्द्र पौडेल-प्रमुख राजनीतिक विवाद अन्त्यबारे दलहरुवीच हुने हरेकजसो छलफलमा नेता रामचन्द्र पौडेलको उपस्थिति देखिन्छ । उनी कांग्रेसका बरिष्ठ नेतासमेत हुन् । त्यसैले उनको हरेक निर्णयले देशको भविष्य निर्धारणमा असर पार्छ ।तर, पौडेलका एकमात्र छोरालाई भने उनका राजनीतिक निर्णयले कुनै त्यस्तो असर पार्दैन । किनकि उनका छोरा चिन्तन पौडेल पनि अहिले देउवापुत्रजस्तै अहिले बेलायतमै छन् ।सुशील कोइराला नेतृत्वमा सरकार रहँदा छोरा चिन्तन गरिब घर परिवार पहिचान बोर्डका कार्यकारी प्रमुखमा नियुक्त भएका थिए । कोइराला नेतृत्वको सरकार हटेसँगै उनी फेरि बेलायत फर्किएका छन् ।
कृष्णप्रसाद सिटौला-कानुन व्यवसायबाट राजनीतिमा प्रवेश गरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका दुई छोरी र एक छोरा छन् ।छोरा श्याम सिटौलाले इञ्जिनियरिङ्ग संकायतर्फ स्नातक तहको अध्ययन भारतको नयाँ दिल्लीमा सम्पन्न गरेका छन् । उनी अहिले अमेरिकामा एमइ तहमा अध्ययनरत छन् । कांग्रेस नेता सिटौलाका दुई छोरीहरु पनि अमेरिकामैै बस्दै आएका छन् ।
प्रकाशमान सिंह-पार्टी महामन्त्रीको जिम्मेवारी समेत निर्वाह गरिसकेका सांसद प्रकाशमान सिंह कांग्रेसका संस्थापक नेता गणेशमान सिंहका छोरा हुन् । उनका दुई छोरा छन् ।दुईमध्ये जेठा छोरा प्रभासमान सिंहलाई नेता प्रकाशमानले एसएलसीसम्म काठमाडौँमा पठाए । त्यसपश्चात स्नातकसम्म भारतको नयाँ दिल्लीमा पढाए ।अर्थशास्त्रमा स्नातकोत्तर गर्न अष्ट्रेलिया गएका उनी भर्खरै नेपाल फर्किएका छन् । उनी विद्यावारिधाका लागि पुन अष्ट्रेलिया जाने तयारीमा रहेको उनको पारिवारिक स्रोतले जनायो ।सिंहका कान्छा छोरा भास्करमान सिंह अहिले अष्ट्रेलियामा अध्ययनरत छन् । उनी व्यवस्थापन संकायतर्फ स्नातक र स्नातकोत्तर अध्ययनका लागि एक वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् ।प्रकाशमानको राजधानीमा प्रशस्तै सम्पत्ति छ । डेराभाडाबाट पनि उनको राम्रो कमाइ हुन्छ । यद्यपि मन्त्री बनेका बेला उनको परिवारजनले सानो रकम पनि उठाउने गरेको चर्चा कांग्रेसभित्र चल्ने गर्छ ।
विमलेन्द्र निधी-कांग्रेसका प्रभावशाली नेता एवं वर्तमान उपप्रधान र गृहमन्त्री विमलेन्द्र निधीका दुई छोरा छन् ।निधीले जेठा छोरा अविरललाई १२ कक्षासम्म जावलाखेलस्थित सेन्टजेभियर्समा पढाए ।त्यसपछि भारतको जवाहरलाल नेहरु विश्वविद्यालयमा पठाए । उनी एक सातापछि अमेरिका जाँदैछन् ।निधीका कान्छा छोराले सेन्टजेभियर्सबाट भर्खर प्लटुसम्मको अध्ययन सकेका छन् । उनी पनि इञ्जिनियरिङ्ग अध्ययनका लागि भारत जाने तरखरमा छन् ।
केपी शर्मा ओली-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पूर्वप्रधानमन्त्री समेत हुन् । अहिलेको राजनीतिक निर्णय प्रक्रियामा उनको विशेष प्रभाव रहँदै आएको छ ।तर, उनका कुनै पनि राजनीतिक निर्णयको प्रभाव उनको सन्नतिले व्यहोर्नु पर्दैन । किनकि उनी विवाहित भए पनि छोराछोरी छैनन् ।
माधवकुमार नेपाल-एमालेभित्र केपी शर्मा ओलीपछिका शक्तिशाली नेता हुन् माधवकुमार नेपाल ।अहिलेको राजनीतिक प्रक्रियामा पनि उनी शुरुदेखि नै क्रियाशील छन् ।उनको एक छोरा र एक छोरी छन् । तर, दुवै राजनीतिबाट टाढा छन् । उनीहरु दुबैजना डाक्टर हुन् ।छोरी छालाको डाक्टर छिन् भने छोरा अष्ट्रेलियामा बसेर विद्यावारिधि गर्दैछन् ।
झलनाथ खनाल-पूर्वप्रधानमन्त्री झलनाथ खनाल एमालेका पूर्व अध्यक्ष हुन् ।शको अहिलेको राजनीतिक प्रक्रियामा उनको भूमिका निर्णायक छ । उनका एकमात्र छोरा छन्, निर्भिक चित्रकार खनाल ।खनालका छोरा निर्भिक अमेरिकामा अध्ययनपश्चात अहिले नेपालमै छन् ।उनी एमालेनिकट युवा संघका केन्द्रीय सदस्यका रुपमा राजनीतिमा सक्रिय छन् ।उनी आमाका नाममा रहेको माछापुच्छ्र्रे हर्वल नामक उद्योग सञ्चालनमा आमालाई सघाउँछन्
ईश्वर पोखरेलएमाले महासचिव ईश्वर पोखरेलका दुई छोरा छन् ।तीमध्ये जेठा छोरा सिजन पोखरेल कृषि अध्ययन केन्द्र नार्कका वैज्ञानिक हुन् ।उनी राजनीतिक क्षेत्रबाट टाढा वैज्ञानिक अध्ययन अनुसन्धानको काममा व्यस्त छन् ।महासचिव पोखरेलका कान्छा छोरा सिसन पोखरेल भर्खरै अमेरिकाबाट अन्तराष्ट्रिय सम्वन्ध अध्ययन गरेर नेपाल फर्किएका छन् ।
पुष्पकमल दाहाल प्रचण्ड-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ३ छोरी र १ छोरा छन् । जेठी छोरीको गत वर्ष क्यान्सरका कारण मृत्यु भयो । माइली छोरी रेणु दाहाल माओवादी केन्द्रमा आवद्ध भएर राजनीतिमा सक्रिय छिन् । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् । यस्तै अर्की छोरी कान्छी विवाह गरेर सामान्य गृहिणी जीवन विताइरहेकी छिन् ।एकमात्र छोरा प्रकाश दाहालले बुवाको स्वकीय सचिवका रुपमा प्रधानमन्त्री दाहाललाई सघाउँदै आएका छन् । छोरा प्रकाश बेलाबखत विभिन्न कारण राजनीतिक चर्चाका पात्र बन्ने गरेका छन्
कृष्णबहादुर महरा-नेपालको राजनीतिलाई प्रभावमा पार्नसक्ने माओवादी केन्द्रका अर्का नेता हुन् उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा । उनका दुई छोरा र दुई छोरी छन् ।


0 comments
Write Down Your Responses