• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, InterView, News » बलिउडमा साहरुख खान, सलमान खान र आमिर खानसँग काम गर्न हरेक नायिका सपना देख्छन् । तर सलमानसँग काम गर्न मान्दिनन् दीपिका, आखिर किन ?
बलिउडमा साहरुख खान, सलमान खान र आमिर खानसँग काम गर्न हरेक नायिका सपना देख्छन् । तर सलमानसँग काम गर्न मान्दिनन् दीपिका, आखिर किन ?

बलिउडमा साहरुख खान, सलमान खान र आमिर खानसँग काम गर्न हरेक नायिका सपना देख्छन् । यी ३ कलाकारसँग काम गर्दा करिअरमा ठूलो फड्को मारिने विश्वास धेरै नायिकाको छ । तर, अहिलेकी सर्वाधिक चर्चित नायिका दीपिका पादुकोणलाई भने सलमानसँग काम गर्न मन लाग्दैन । भारतीय मिडियाको दाबीलाई मान्ने हो भने सलमानसँग दीपिकाले ७ वटा चलचित्रमा काम गर्न अस्विकार गरिदिएकी छिन् ।

 सलमान अहिले चलचित्र ‘ट्यूबलाइट’मा व्यस्त छन् । यो चलचित्रमा पनि निर्देशक कविर खानले दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले विभिन्न कारण देखाउँदै यो चलचित्रमा काम गर्न मानिन् । आखिर दीपिकाले सलमानसँग काम गर्न नमान्नुको कारण के होला ? निर्देशक कविर खानले दीपिकाले एउटै चलचित्रमा ‘दुई दबङ’ हुन नसक्ने भन्दै चलचित्रको अफर अस्विकार गरेको बताएका छन् । यसको अर्थ दीपिका आफूलाई सलमान जस्तै पावरफूल कलाकार मान्छिन् ।

 सलमानको चलचित्रमा काम गर्दा नायिका छायामा पर्ने गरेका छन् । सायद, दीपिकाले यो कुरा वुझेरै उनको चलचित्रलाई अस्विकार गरेको हुनसक्छ । तर, हलिउडसम्म बाटो बनाइसकेकी दीपिकाले सलमानसँग काम गर्न नमान्दा घाटा वा नाफा के हुने हो, समयले नै बताउला । दीपिकाले साहरुख खान, रणवीर कपुर, अक्षय कुमार जस्ता कलाकारसँग काम गरिसकेकी छिन् ।

Labels: Entertainment, InterView, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana