• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, News » चलचित्र विकास बोर्डबाट प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार: दयाहाङ र नम्रता उत्कृष्ट
चलचित्र विकास बोर्डबाट प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कार: दयाहाङ र नम्रता उत्कृष्ट

चलचित्र विकास बोर्डबाट प्रदान गरिने राष्ट्रिय चलचित्र पुरस्कारमा यो पटक अभिनेता दयाहाङ राई र अभिनेत्री नम्रता श्रेष्ठले बाजी मारेका छन् । बोर्डको स्थापना दिवसका अवसरमा प्रदान गरिने यो पुरस्कारका सात विधामा उत्कृष्ट चलचित्रकर्मीको नाम सार्वजनिक गरिएको हो । चलचित्र विकास बोर्डमा गरिएको स्थापना दिवस विशेष कार्यक्रममा बोर्डका अध्यक्षराजकुमार राईले जुरीबाट छनोट ७ विधाका विजेतासँगै एउटा आदिवासी चलचित्र र जुरीका तर्फबाट दिइने विशेष पुरस्कारका विजेताको नाम सार्वजनिक गरिएको हो । वर्ष२०७२ मा प्रदर्शित चलचित्रहरुमध्ये उत्कृष्ट चलचित्र 'पशुपतिप्रसाद' बन्न सफल भएको छ। यही चलचित्रबाट लेखनमा खगेन्द्र लामिछाने उत्कृष्ट ठहरिए । त्यसैगरी यही चलचित्रबाट दिपेन्द्र के खनाल उत्कृष्ट निर्देशक बन्न सफल भए । चलचित्र कबड्डी कबड्डीबाट दयाहाङ राई उत्कृष्ट अभिनेता बन्न सफल भएका छन् । त्यसैगरी चलचित्र क्लासिकबाट नम्रता श्रेष्ठ उत्कृष्ट अभिनेत्री भइन् । त्यसैगरी छायाँकनमा 'ड्रिम्स' का सञ्जय लामा र पुरुषोत्तम प्रधानले संयुक्तरुपमा आफ्नो पोल्टा पारे । त्यसैगरी चलचित्र 'क्लासिक' बाट सुरेन्द्र पौडेल सम्पादनमा उत्कृष्ट ठहरिए । आदिवासी जनजाति चलचित्रतर्फ गुरुङ भाषाको 'यम्फु देवराली' उत्कृष्ट ठरहिँदा जुरीबाट दिइने विशेष पुरस्कार नव निर्देशककारुपमा भुवन केसीले हात पारे । यसैबीच लाईफटाईम एचिभमेन्ट पुरस्कार नेपालकी पहिलो अभिनेत्री बसुन्धरा भुसालले हायी पुरस्कार साँझ राष्ट्रपति भवनमा हुने विशेष कार्यक्रममा राष्ट्रपति विधादेवी भण्डारीले प्रदान गर्ने कार्यक्रम छ । २०७२ का लागि उत्कृष्ट चलचित्र र चलचित्रकर्मी छनौटको जिम्मेवारी रमेश बुढाथोकी संयोजक रहेको निर्णायक समितिले गरेको थियो । अन्य निर्णायकहरुमा लय संग्रौला, सरिता लामिछाने, मोहन निरौला, सुशील पौडेल र करुण थापा रहेका थिए । निर्णायक समितिले २०७२ मा प्रदर्शित चलचित्र मध्येबाट उत्कृष्टको छनौट गरेको हो ।त पारिन् । भुसाललाई ३ लाख ५१ हजार र सम्मान पत्र दिइने भएको छ ।

Labels: Entertainment, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana