धुर्मुस–सुन्तलीलाई सैनिक श्रीमती संघको १४ लाख सहयोग
सैनिक श्रीमती संघले धुर्मुस सुन्तली फाउन्डेसनद्वारा सिन्धुपाल्चोकको गिरान्चौरमा निर्माणाधिन एकिकृत नमुना बस्तीको लागि १४ लाख सहयोग गरेको छ। फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस) र कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) लाई संघले रु १४ लाख रकम हस्तान्तरण गरेको हो। भूकम्प पीडितका लागि हाँस्यकलाकारको जोडीले फाउन्डेशनमार्फत एकीकृत नमुना बस्ती निर्माण गरिरहेकाले १४ लाख रुपैयाँ सहयोग प्रदान गरिएको संघकी अध्यक्ष रीता क्षेत्रीले बताइन्।
केही समयअघि एक कार्यक्रममार्फत संकलन गरिएको रकम मध्येबाट धरहरा निर्माणका लागि रु। २५ लाख हस्तान्तरण गरिएको र बाँकी रकम फाउण्डेशनलाई प्रदानगरिएको संघले जनाएको छ।
संघबाट प्राप्त उक्त सहयोगले गिरान्चौर एकिकृत बस्ती निर्माणमा ठूलो सघाउ पुग्ने फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए।


0 comments
Write Down Your Responses