• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, News, Tourism, Videos » राजधानीको उत्तरी भेगमा रहेको प्राचीन नगरी टोखामा पाँच करोडमा मिनी फनपार्क सञ्चालन भएको छ ।(फोटो फिचर)
राजधानीको उत्तरी भेगमा रहेको प्राचीन नगरी टोखामा पाँच करोडमा मिनी फनपार्क सञ्चालन भएको छ ।(फोटो फिचर)

२६ असार, काठमाडौं । राजधानीको उत्तरी भेगमा रहेको प्राचीन नगरी टोखामा मिनी फनपार्क सञ्चालन भएको छ । करीव १० रोपनी क्षेत्रफलमा पाँच करोड लगानी गरेर फनपार्क सञ्चालनमा ल्याइएको हो । टोखा क्येबः मिनी फनपार्क शिवपुरी डाँडाको फेदमा छ । यहाँ शितल, शान्त र स्वच्छ वातावरण उपलब्ध छ । फनपार्कमा मनिराज डंगोलसहित ११ जना स्थानियको लगानी रहेको छ ।

 फनपार्कमा बेवी पुल, समुन्द्री छालको अनुभव दिलाउने पुल, स्लाइडिङ पुल, चिल्ड्रेन पार्क, नेपाली तथा नेवारी फाष्टफुड रेष्टुरेन्ट, सभाहल लगायतका सुविधा रहेका छन् । साथै, हर्स राइडिङ, फ्रि वाईफाई लगायतका सुविधाहरु प्नि यहाँ उपलब्ध छन् ।फनपार्कको स्वीमिङ पुलहरु ५ फिटसम्म गहिरा छन् । जहाँ साना बच्चादेखि बयस्कसम्म स्वीमिङ गर्न सक्छन् । साना बच्चाका लागि सुरक्षित स्वीमिङ पुल बनाइएको छ । यहाँ स्वीमिङ गर्न सर्वसाधारणले ४ सय, विद्यार्थीले ३ सय र समुहमा आउने विद्यार्थीले २ सय रुपैयाँका दरले तिर्नुपर्छ । फनपार्कमा नेवारी स्वाद चाख्दै स्वीमिङ गर्न पाइन्छ । रेष्टुरेन्टमा ओखलमा चिउरा कुटेर ग्राहकलाई खुवाउने टोखा क्येबः ट्रेड एन्ड इन्भेष्टमेमन्ट प्रालीका व्यवस्थापन प्रमुख मनिराज डंगोलले बताए । स्थानिय महिलाले ओखलमा चिउरा कुटेको लाइभ हेर्न पाइन्छ । स्थानियलाई रोजगारी दिनुका साथै ग्राहकलाई स्थानीय नेवारी परिकार खुवाउनु आफुहरुको उद्देश्य रहेको डंगोलले बताए ।

 फनपार्कमा हरेक शुक्रबार र शनिबार दुई बजेपछि स्थानीय कलाकारले लाइभ म्यूजिकबाट मनोरञ्जन गराउँछन् ।जाडो महिनामा पानीमा रमाइलो गर्न असहज हुने हुँदा डुंगा चलाएर मनोरञ्जन दिलाउने डंगोलको भनाई छ । ग्राहकहरु डुंगामाथि बसेर खान तथा रमाउन सक्छन् । रिङरोडबाट तीन किलोमिटरको दुरीमा रहेको यो फनपार्क ग्रान्डी हस्पिटलबाट १ किलोमिटर माथि पर्छ ।

 टोखा ट्रेकिङ रुट ककनी, गुरुजेभञ्ज्याङ, बाघद्धार तथा सुन्दरीजल जाने सेन्ट्रल प्वाइन्ट हो । गुरुजेभञ्ज्याङको पश्चिमतर्फ ककनी, पूर्वतर्फ बाघद्धार तथा सुन्दरीजल सम्मको ट्रेकिङ रुट पर्छ । टोखाबाट नुवाकोटको घ्याङफेदी हुँदै गोसाइँकुण्डको नयाँबाटो ट्रेकिङ गर्न सकिन्छ । सांस्कृतिक पहिचान बोकेको टोखा नगरीलाई पर्यटकीय नगरीका रुपमा विकास गर्ने लक्ष्य रहेको डंगोलले बताए ।


Labels: Entertainment, News, Tourism, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana