• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
InterView, News, Videos » बाढी तथा पहिराेका कारण देशका १४ जिल्ला प्रभावित भएका छन् । देशभरमा ३९ जनाकाे मृत्यु, २३ जना सम्पर्क विहीन
बाढी तथा पहिराेका कारण देशका १४ जिल्ला प्रभावित भएका छन् । देशभरमा ३९ जनाकाे मृत्यु, २३ जना सम्पर्क विहीन

श्रावण १२, २०७३- गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार देशभर बाढी तथा पहिरोमा परी हालसम्म ३९ जनाको मृत्यु भएको छ भने २३ जना हराइरहेका छन् । उनकाे अनुसरा बाढी तथा पहिराेका कारण देशका १४ जिल्ला प्रभावित भएका छन् ।

 जसमध्ये मध्यपश्चिम तथा पूर्वका ८ जिल्ला बढी प्रभावित छन् । उनको अनुसार विगत केही दिनदेखि जार अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी तथा पहिरोमा परेकाहरुको उद्धार गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरेको दाबी गरेका छन् । ‘उद्धारका लागि सम्पूर्ण सुरक्षा संयन्त्रलाई परिचालन गरिएको छ । विपद् भएका ठाउँमा उद्धारमा खटिनका लागि कसैको आदेश पर्खिन पर्दैन,’ उनले भने, ‘जसले पहिला सूचना पायो त्यो टोली गएर उद्धारमा खटिनुपर्छ ।’

 गृह प्रवक्ता कोइरालाका अनुसार मौषस अबिले पनि प्रतिकुल भएकोले उद्धार तथा राहत वितरणमा केही कठिनाई भइरहेको छ । ‘सरकारको अहिले सम्पूर्ण ध्यान उद्धारमा केन्द्रित । उद्धारसँगै राहत वितरणको काम पनि अगाडी बढाइएको छ,’ उनले भने,‘ सरकारले विभिन्न प्रकारको बाधा व्यवधानका बाबजुद पीडितलाई राहत सामाग्री पुर्‍याउने प्रयास गरी रहेको छ । मौषम प्रतिकुल रहेकोले केही कठिनाई भइरहेको छ । उद्धारका लागि हेलिकप्टर तयारी अवस्थामा छ । तर मौषम प्रतिकुल भइ दिँदा हेलिकप्टर उड्न सकिरहेको छैन ।’

Labels: InterView, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana