• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Videos » धुम्रपान गर्ने महिलामा र धुम्रपान नगर्ने महिलाको तुलनामा आन्तरिक रक्तस्राव र मस्तिष्कघातको खतरा जोखिम बढी
धुम्रपान गर्ने महिलामा र धुम्रपान नगर्ने महिलाको तुलनामा आन्तरिक रक्तस्राव र मस्तिष्कघातको खतरा जोखिम बढी

काठमाडौ । धुम्रपान गर्ने महिलामा आन्तरिक रक्तस्रावका कारण हुने र बढी रहेको अनुसन्धानकर्ताहरुले बताएका छन् ।सुवाराच्नोइड हेमरेज नामक गम्भीर प्रकृतिको मस्तिष्कघात धुम्रपान नगर्ने महिलाको तुलनामा दैनिक एक प्याकेट भन्दा बढी धुम्रपान गर्ने महिलामा आठौ गुणा बढी हुने, फिनिस अनुसन्धानकर्ताले पत्ता लगाएका छन् । त्यही अनुपातमा धुम्रपान गर्ने पुरुषमा भने यसको जोखिम तीन गुणा बढी मात्र देखिएको छ ।

 अध्ययनले हल्का धुम्रपान गर्ने महिलामा पनि यसको जोखिम तीन गुणा बढी रहने गरेको पत्ता लगाएको छ । ‘धुम्रपानको कुनै सुरक्षित स्तर नहुने भएकाले यसको सुरुवात नगर्नु नै सबैभन्दा राम्रो विकल्प हो’, हेल्सिन्की विश्वविद्यालयकी प्रमुख अनुसन्धानकर्ता डा. जोनी लिण्डबोल्मले भनिन् । ‘यसबाट नीति निर्माणकर्तालाई के सन्देश जान्छ भने धुम्रपानको विरुद्धमा प्रभावकारी रणनीति तर्जुमा गरेर पनि सुवाराच्नोइड हेमरेजको जाखिम कम गर्न सकिन्छ’, न्युरो सर्जरी तथा जनस्वास्थ्यमा विशेषज्ञता हासिल गरेकी डा. जोनीले भनिन् । मायामी मिलर स्कुल अफ मेडिसिनस्थित न्युरोलोजीका अध्यक्ष डा. राल्फ साकोका अनुसार सुवाराच्नोइड हेमरेजले विभिन्न प्रकारका मस्तिष्कघातको तीन प्रतिशत भाग ओगट्ने गर्छ ।

 यसले विशेष गरी तन्नेरीलाई सताउँछ र ‘यो अशक्तता, मृत्यु तथा पाँचमध्ये एक जनामा घातक सावित हुने गरी विनासकारी बन्न सक्छ,’ अध्ययनमा समावेश नभएका साकोले भने । यस खालको मस्तिष्कघात दिमागमा एनिर्युसिम रक्तस्राव हुनाले गर्छ । एनिर्युसियम भनेको दिमागमा हुने सानो प्रकारको कमजोर रक्तनली हो, जुन कुनै पनि बेला फुट्न सक्छ । यस अध्ययनका लागि लिण्डबोह्म तथा उनका सहयोगीले फिनिस नेशनल सर्भेमा सन् १९७२ देखि उल्लेख भएका झण्डै ६६ हजार तन्नेरीको तथ्यांक संकलन गरेका थिए । सो क्रममा अनुसन्धानकर्ताले उनीहरुलाई पहिलो मस्तिष्कघात नभएसम्म, नमरेसम्म अथवा सन् २०११ को अन्त्यसम्म करिब २१ वर्षका लागि निगरानीमा राखेका थिए । निगरानी पश्चात्त आएको नतिजाले हल्का धुम्रपानकर्ता मध्य दैनिक एकदेखि दश वटासम्म चुरोट पिउने महिलामा सुवाराच्नोइड हेमरेजको जोखिम तीन गुणा बढी रहने तथा पुरुषको हकमा दोब्बर रहने फेला पारेको थियो ।

 त्यसैगरी दैनिक ११ देखि २० वटा चुरोट पिउनेमध्ये, महिलाहरुमा चार गुणा बढी र पुरुषमा दुई गुणा बढी जोखिम रहने अनुसन्धानले पत्ता लगाएको छ । यो जोखिम धुम्रपान छोड्नेहरुमा भने विस्तारै कम हुँदै गएको पाइएको छ । परिणामस्वरुप छ महिनासम्म पनि धुम्रपान नगर्नेमा यसको जोखिम धुम्रपान नगर्ने अन्य व्यक्ति सरह नै हुने गरेको अनुसन्धानकर्ता बताउँछन् । यो जोखिम पुरुषको तुलनामा महिलामा बढी देखिए पनि यसको कारण भने अझै अस्पष्ट रहेको डा. लिण्डबोह्म र साकोले बताए । महिलामा हुने जोखिम धुम्रपानकै कराण बढी देखिएको लिण्डबोह्मको विश्वास छ । धुम्रपान तथा मस्तिष्कघात बीचको सम्बन्ध आश्चर्यजनक रुपमा नआएको साकोको उल्लेख छ । ‘चुरोटको सेवन तथा सुवाराच्नोइड हेमरेजबीचको सम्बन्ध पहिलेदेखि थाहा भएको कुरा हो’, उनले भने ।

 ‘उमेर बढेसँगै जोखिम बढेपनि तन्नेरीमाझ हुने मस्तिष्कघातमध्य यो प्रमुख कारण हो’, उनले थपे, ‘कहिलेकाहीँ अरु मस्तिष्कघातका कारण दिमागमा एनिर्युसियमको विकास भएर पनि यसको जोखिम बढ्ने गर्छ ।’ चुरोट सेवन तथा उच्च रक्तचाप पनि यस किसिमको जोखिमको अन्य दुई कारकतत्व हुन् । यो अध्ययनले जनतालाई चुरोटको सेवन नगर्न तथा रक्तचापलाई नियन्त्रणमा राखी यस प्रकारको जोखिम कम गर्न पनि थप प्रमाण पेश गरेको अनुसन्धानकर्ताहरुले बताएका छन् । लिण्डबोह्मले एनिर्युसियम नफाटिएका धुम्रपान गर्ने महिलामा यसको जोखिम उच्च रहने भएकाले बेलैमा उपचार गर्न सुझाव दिएकी छिन् । यो रिपोर्ट जुलाई २१ मा ‘स्ट्रोक’ नामक जर्नलमा प्रकाशित छ ।

Labels: Health, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana