• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Politics, Videos » ढाका आक्रमणमा कम्तिमा २० जना मारिएको दाबी
ढाका आक्रमणमा कम्तिमा २० जना मारिएको दाबी



बंगलादेशको राजधानी ढाकामा आइएस आतंकवादी समूहले ठूलो आक्रमण गरेको छ । यो आक्रमणमा कम्तिमा पनि २० जना मारिएको खबर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । आइएसको समाचार एजेन्सी अमाकले ढाकाको कुटनीतिक क्षेत्रमा रहेको बेकरी क्याफेमा भएको यो हमलामा २० जना मारिएको दाबी गरेको छ । शुक्रवार राति यहाँको गुलसन कुटनीतिक क्षेत्रमा रहेको एक बेकरीमा ९ जना आतंकवादीले आक्रमण गरेर ४० जनालाई बन्धक बनाएका थिए । यो आक्रमणका क्रममा आइएसले कम्तिमा पनि ४० जनालाई बन्धक बनाएका थिए । बंगलादेश सरकारले यो आक्रमणमा ६ जना आतंकवादी मात्रै मारिएको दाबी गरिरहँदा आइएसले भने २० जनाको ज्यान गएको दाबी गर्दै केही तस्बिर पनि सार्वजनिक गरेको छ । ढाका पुलिसका डेपुटी कमिश्नर जसीमुद्दिनले बताए अनुसार कमान्डो अपरेशनबाट कम्तिमा १८ जना बन्धकलाई रिहा गरिएको छ ।

 प्रत्यक्षदर्शीको हवाला दिँदै छापिएको समाचार अनुसार आतंकवादीहरुले गोली चलाइरहँदा बन्धक भएकाहरु 'अल्लाहु अकबर' भन्दै चिच्याइरहेका थिए । क्याफेको नजिकै बस्दै आएकी एक महिलाले बताए अनुसार क्याफेमा शक्तिशाली विस्फोट भएको थियो भने गोली पनि बर्साएको आवाज सुनिएको थियो । एक प्रत्यक्षदर्शी रशिला रहिमले भनिन्, 'धमाकाको आवाज मेरो कोठासम्म आयो । धमाकाले मेरो घरका झ्यालका शिशाहरु फुटेका छन् । मेरी काकी आफ्नी छोरीसहित साथीको पार्टीमा गएकी थिइन् तर अझै फर्किएकी छैनन् । हामी उनलाई खोजी गर्न जान सकेका छैनौं ।'

Labels: News, Politics, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana