• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Technology, Videos » गुगलको अमेरिका र जापानलाई जोड्ने पानीभित्र केवल जडान
गुगलको अमेरिका र जापानलाई जोड्ने पानीभित्र केवल जडान

न्युयोर्क–गुगल तथा अन्य ६ कम्पनिले अमेरिका र जापानलाई केवलको माध्यमबाट जोड्ने कार्य सम्पन्न भएको छ । पानी भित्र केवल जडान गरिएको उक्त ट्रान्स प्यासेफिक तार करिब ३०० मिलियन डलरको लागतमा निर्माण गरिएको हो। यसले अमेरिकाको ओरेगनलाई जापानको चिबा र मेइसँग जोडेको छ। जसकालागि ९ हजार किलोमिटर तारको प्रयोग गरिएको छ।
 प्रतिसेकेण्ड ६० टेट्राबाइटको गतिमा चल्ने उक्त आयोजनाले यी स्थानबाहेक अन्य स्थानमापनि छिटो कुरा गर्न फाइदा पुर्याउने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। विश्वको अहिलेसम्मकै द्रुत केवल भनिएको यस केबलले पश्चिमी कोस्टलाई जोडेको छ। जस अन्तर्गत लस एन्जल्स, दि सन फ्रान्सिस्को बे एरिया,पोर्ट ल्याण्ड र सिटेली जस्ता स्थान पर्दछन् ।यसले जपानका मुख्य शहर तथा एसियाका केही महानगरमा इन्टरनेटको सेवालाई सुधार्न सहयोग गर्दछ।
 गुगलका सफ्टवेयर इन्जिनियर योर्स होल्जेलीले यसमा रहेको ६० टेट्राबाइटको गति हालसम्म कुनै पनि समुद्रका माध्यमबाट जडान गरिएका आधुनिक केबलको गति भन्दा १० मिलियन गुणा छिटो रहेका बताएका छन्। उत्त केबल जडानको कार्य जापानको एनइसी कर्पोरेशनले सन् २०१४ बाट बनाउन सुरु गरेको थियो । सो आयोजनामा गुगलसँगै चाइना मोवाइल इन्टरनेशनल चाइना टेलिकम ग्लोबल ,ग्लोबल ट्रान्सिट, केडिडिआई र सिङटेले पनि आर्थिक सहायता प्रदान गर्दै आएका छन्। यस आयोजनामा जापान तथा ताइवानको २० टेट्रावाइटको अति नै प्रभावकारी हिस्सा रहेपनि एक हिस्सा भने पूर्णरुपमा गुगल कम्पनीले स्वामित्वमा लिएको छ ।

Labels: News, Technology, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana