• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Sports » मोटापनाबाट बच्न चाहनुहुन्छ ? ध्यान दिनुस् यी कुरामा
मोटापनाबाट बच्न चाहनुहुन्छ ? ध्यान दिनुस् यी कुरामा

त्यसैले, शरीरलाई स्वस्थ्य राख्न खानपिनमा ध्यान दिन जरुरी हुन्छ । त्यसैगरी, खानपिनमा सुरुबाटै ध्यान दिन सकेको खण्डमा पनि यो समस्याबाट बँच्न सकिन्छ । यसको लागि ३/४ वटा कुरामा ध्यान दिनु पर्ने पोषणविद सिटौला बताउँछन् ।
ध्यान दिनुपर्ने कुरा
धेरैपटक खाने तर थोरै-थोरै खाने
भरसक तेल भएको खाना धेरै नखाने
दिनमा थोरै भएपनि बदाम, भटमास खाने
दाल खाँदा सकेसम्म खोष्टा भएको फाइबरयुक्त दाल खाने
भोक कम गर्नकालागि फर्सी, काँक्रो विया खाने । यसमा भिटामिन पाइनुका साथै यसले छालालाई समेत राम्रो बनाउँछ । र, डण्डीफोरको समस्या कम गर्छ ।
शरीरमा भएका कोलेष्टोरल कम गर्नाका लागि आलस खाने । यसमा दिमागलाई आवश्यक पर्ने ओमेगा-३ पाइन्छ ।
खाना खानु करिब आधा घण्टा पहिले गाजर, काँक्रो, मुला आदि खाने । यसले गर्दा खाना कम खाइन्छ ।
बेलुकी खाना खाइसकेपछि वरिपरि कम्तीमा सय कदम हिँड्ने
सकेसम्म सुत्नु भन्दा ३/४ घण्टा पहिले नै खाना खाने
त्यस्तै, स्वस्थ्य रहनका लागि भातै खानुपर्छ भन्ने जरुरी हुँदैन । भिटामिन, फाइबरयुक्त खाना जस्तै उसिनेको सिमी र आलुको मिश्रण, मकैको रोटी, ओएटले लगायतले पनि शरीरमा बढी फाइदा पुर्‍याउँछ ।
अन्तमा यो कुरा पनि थाहा पाउनुस्
एक ग्राम कार्वोहाइड्रेडले शरीरमा चार किलो क्यालोरी उत्पादन गर्छ ।
एक ग्राम प्रोटिनले चार किलो क्यालोरी उत्पादन गर्छ ।
एक ग्राम ‘फ्याट’ अर्थात चिल्लोपना बराबर नौ किलो क्यालोरी उत्पादन हुन्छ ।

Labels: Health, News, Sports

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana