• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Entertainment, InterView, News » वाशिङ्टन विश्वविद्यालयले हालै गरेको एक अनुसन्धानले एक्लै जन्मिएको बच्चाको तुलनामा जुम्ल्याहा बालबालिका लामो समयसम्म बाँच्ने पत्ता लागेको छ ।
वाशिङ्टन विश्वविद्यालयले हालै गरेको एक अनुसन्धानले एक्लै जन्मिएको बच्चाको तुलनामा जुम्ल्याहा बालबालिका लामो समयसम्म बाँच्ने पत्ता लागेको छ ।

भदौ ६, काठमाडौ । के तपाई जम्ल्याहा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंहरुलाई खुशीको खबर छ । वाशिङ्टन विश्वविद्यालयले हालै गरेको एक अनुसन्धानले एक्लै जन्मिएको बच्चाको तुलनामा जुम्ल्याहा बालबालिका लामो समयसम्म बाँच्ने पत्ता लागेको छ । जुम्ल्याहा बालबालिका जुम्ल्याहा भएकै कारण लामो समयसम्म बाँच्छन् वा पालनपोषणले पनि यसमा केही फरक पार्छ भनेर हेर्न गरिएको उक्त अध्ययन, जुन सम्भवत पहिलो थियो, यसमा जुम्ल्याहापनले मानिसको आयुमा कसरी फरक पार्छ भनेर अनुसन्धान गरिएको थियो ।

 अनुसन्धानबाट प्राप्त तथ्यले जुम्ल्याहा बालबालिकाको मृत्युदर अन्यको तुलनामा कम हुनेे पाइएको छ । ‘अनुसन्धानका क्रममा हामीले के पायौ भने, एकै समयमा जन्मेका जुल्ल्याहाको आयु केही समयको अन्तरालमा जन्मेका बालबालिकाको भन्दा धेरै हुन्छ, र केही समयको अन्तरालमा जन्मेकाको आयु एकल सन्तान भन्दा धेरै हुन्छ’, वाशिङ्टन विश्वविद्यालयका प्रमुख लेखक डेविड सारोले भने । सँगै जन्मने बालबालिकालाई रुनको लागि काँध, विरामी हुँदा ध्यान दिने व्यक्ति तथा खेल्नको लागि साथी हुने भएकोले पनि उनीहरु अन्यको तुलनामा स्वस्थ्यकर जीवन बाँच्ने उनले बताए । ‘जुम्ल्याहा बालबालिकाले एक आपसमा भौतिक तथा भावनात्मक साथ दिने हुँदा त्यसले दीर्घायु प्रदान गर्न सक्छ’ डेविडले भने ।

 उक्त नतिजा ‘डेनिस टुइन्स रजिष्ट्री’ अर्थात जुम्ल्याहाबारे जानकारी संकलन गरेर राखिने ठाउँमार्फत प्राप्त गरिएको थियो । लेखकले अनुसन्धानका लागि सन् १८७० देखि १९०० को बीचमा डेर्नमार्कमा जन्मिएका दश वर्ष माथिका २,९३२ जोडी जुम्ल्याहालाई निगरानीमा राखेका थिए, जसमा सबै बालबालिकाको आयु पुर्ण भएको पाइएको थियो । भावनात्मक रुपमा जुम्ल्याहा बालबालिकाहरु अन्य भाइबहिनी भन्दा नजिक हुने भएकाले नै उनीहरु एकअर्काको बढी हेरचाह गर्न चाहने लेखकको अनुमान छ । यो अध्ययन प्लस वान् नामक जर्नलमा प्रकाशित छ ।

Labels: Entertainment, InterView, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana