• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News » सुर्ती र धुम्रपानले नेपालमा प्रत्येक वर्ष १५ हजारले ज्यान गुमाउँदै गरेको तथ्याक।
सुर्ती र धुम्रपानले नेपालमा प्रत्येक वर्ष १५ हजारले ज्यान गुमाउँदै गरेको तथ्याक।

सन् १९८७ मा विश्व स्वास्थ्य संगठनका सदस्यीय देशहरुको प्रस्ताव अनुसार ७ अप्रिल १९९८ बाट मनाउन शुरु गर्ने निर्णय गरेको थियो। त्यसपछि प्रत्येक वर्ष ३१ मे लाई सुर्तीरहित दिवस मनाउन थालिएको हो। सुर्ती र धुम्रपानका कारण नेपालमा प्रत्येक वर्ष १५ हजार नेपालीको ज्यान जाने गरेको तथ्याक छ। धुम्रपानका कारणले हुने क्षति र कठिनाईबारे मानिसहरुमा जनचेतना जगाई यसको उत्पादन कम गर्नु नै यस दिवसको प्रमुख उद्देश्य हो। धुम्रपानले निम्तने रोगहरुजस्तो की कानेगुजी जम्ने समस्या सिर्जना हुनसक्छ।

 धुम्रपानका कारण निमोनिया र ब्रोङकाइटीसको जोखिम बढने, फोक्सो कमजोर भइ क्यान्सर जस्ता रोगहरु लाग्ने गर्दछ। विश्व स्वास्थ्य संगठनको रिर्पोटले देखाए अनुसार ‘९२ देशमा झन्डै २।३ अर्ब मानिसहरुलाई धुम्रपानमा कुनै न कुनै किसिमले लगाइएको प्रतिबन्धबाट फाइदा पुगेको छ।’ डब्लुएचओका अनुसार धुम्रपानका कारण हरेक वर्ष झन्डै ६० लाख मानिसहरुको ज्यान जाने गरेको छ। जसमा अधिकाँश मध्यम आय भएको देश पर्दछ। ‘सन् २०३० सम्ममा धुम्रपानका कारण मृत्यु हुनेहरुको संख्या बढेर ८० लाख पुग्ने छ भने ८० प्रतिशत मृत्यु मध्यम आय हुने देशमा हुनसक्ने अनुमान गरिएको डब्लुएचओको रिपोर्टमा उल्लेख छ।’

 सुर्ति सेवनले निम्तिने रोगका कारण हरेक वर्ष झन्डै ५ लाख मानिसहरुको ज्यान जाने गरेको तथ्यांक छ। जसमा झन्डै १.५ लाख महिलाहरु पनि छन्। संगठनका अनुसार १२५ देशहरुमा सुर्ति उत्पादन हुन्छ। जसमा विश्वभरि प्रत्येक वर्ष झन्डै ५।५ खर्ब चुरोट उत्पादन हुन्छ र एक अर्बभन्दा बढी मानिसहरु चुरोट सेवन गर्छन्। धुम्रपान सेवनका कारण छिट्टै रुघाखोकी लाग्ने गर्नुका साथै श्वास पनि बढ्छ। कानमा विभिन्न संक्रमण देखापर्छ।

Labels: Health, News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana