• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Technology » त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा रिंगटा लागेनुको मुख्य कारण पत्ता लगाउने आधुनिक प्रयोगशाला ‘भेस्टिबुलर ल्याब’ स्थापना गरिएको छ ।
त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा रिंगटा लागेनुको मुख्य कारण पत्ता लगाउने आधुनिक प्रयोगशाला ‘भेस्टिबुलर ल्याब’ स्थापना गरिएको छ ।

गणेशमान सिंह स्मृति नाक कान तथा घाँटी अध्ययन प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा रिंगटा लागेको कारण पत्ता लगाउने आधुनिक प्रयोगशाला ‘भेस्टिबुलर ल्याब’ स्थापना गरिएको छ । उपयुक्त परीक्षण अभावमा रिंगटा लाग्ने मुख्य कारण किटान हुन नसक्दा ‘भित्री कान’को कारण भन्दै उपचार गरिन्थ्यो । लक्षण एवं सामान्य परीक्षणका आधारमा उपचार गरिए पनि रोगको किटानी निदान हुन सक्ने स्थिति थिएन । नाक कान घाँटी विभागका प्रमुख प्रा.डा. राजेन्द्र गुरागाईंका अनुसार ५० प्रतिशत रिंगटाको समस्या भित्री कानका कारणले हुन्छ ।

 यसको उपचारसमेत रहेको उल्लेख गर्दै डा. गुरागाईं भन्छन्, ‘पहिले के कारणले रिंगटा लागेको हो भन्ने समाधान नै थिएन । यो परीक्षण पहिलोपटक मुलुकमा सुरु भएको हो ।’ यो अत्याधुनिक प्रविधिले कानको कुन भागमा खराबी, कस्तो गडबडी, रोग आदिबारे पत्ता लगाउन विभागका कान इकाई प्रमुख प्रा.डा. हरि भट्टराईले बताए । उनले भने, ‘यसले रिंगटाको निदान सजिलोसँग हुन्छ, हालसम्म रोगको सटिक पहिचानका लागि विदेशिनुपर्ने बाध्यतासमेत समाप्त भएको छ ।’ नाक, कान, घाँटी विभागकै पूर्व भिजिटिङ प्राध्यापक डा.पुरुषोत्तम राजभण्डारी तथा लक्ष्मीदेवी राजभण्डारीको सहयोगमा ‘भेस्टिबुलर ल्याब’ स्थापना गरिएको हो ।

 प्रतिष्ठानको नाक कान तथा घाँटी बहिरंग विभागमा आउने कुल रोगीको १५ प्रतिशत रिंगटाकै समस्या लिएर आउने गरेका छन । शिक्षण अस्पतालको इमर्जेन्सीमा आउने कुल रोगीको ५ प्रतिशत रिंगटाको समस्या लिएर पुग्ने गरेका छन् । रिंगटा भनेको रोग होइन । यो लक्षण मात्र हो । रिंगटा लाग्ने प्रमुख कारण कानको रोग, मस्तिष्कको समस्या, आँखाको कारण र मांसपेशी एवं जोर्नीमा हुने विभिन्न तन्तु हुन् । यो मेसिनले रिंगटा लागेको व्यक्तिको चाललाई पहिचान गर्छ । यसले गर्दा शरीरको कुन अंगले गर्दा रिंगटा लागेको हो भन्ने थाहा पाइने डा.भट्टराई बताउँछन् । यस्तो स्थितिमा बिरामीलाई अनावश्यक जाँच, परीक्षणमा समय सँगै आर्थिक रूपले समेत अपठ्यारो हुने गरेको थियो ।

Labels: Health, News, Technology

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana