• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
InterView, News, Politics » कांग्रेसका मन्त्री कोको ? खुमबहादुरलाई खाली हात हुने डर !देउवालाई ८, पौडेललाई ५, सिटौलालाई 1 मन्त्रालय परेका छन् ।
कांग्रेसका मन्त्री कोको ? खुमबहादुरलाई खाली हात हुने डर !देउवालाई ८, पौडेललाई ५, सिटौलालाई 1 मन्त्रालय परेका छन् ।

९ भदौ, काठमाडौं । भण्डै तीन साता लामो आन्तरिक किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रुप दिँदैछ । प्रचण्ड सरकारमा कांग्रेसको भागमा १४ मन्त्रालय परेका छन् । यसअघि १३ मन्त्रालय दिने समझदारी भएपनि आन्तरिक भागवण्डा मिलाएर सहकारी तथा गरिवी निवारण थपिएको छ । जसमध्ये देउवाको भागमा ८, रामचन्द्र पौडेलको भागमा ५ र सिटौला समूहको भागमा एउटा मन्त्रालय परेको छ । खुमबहादुर खड्का समूहले पनि देउवासँग एउटा मन्त्रालय मागेको छ । कांग्रेस नेताहरुका अनुसार विहीबार साँझसम्म मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाउने र भोलि -शुक्रबार) मन्त्रिपरिषद विस्तार गरेर सपथ गराउने तयारी भइरहेको छ । यसरी भयो भागशान्ति जय नेपाल ! लामो विवादपछि रामचन्द्र पौडेल समूहलाई पाँच मन्त्रालय दिन देउवा तयार भएका छन् ।

 पौडेललाई एक मन्त्रालय थप्नु अघि उपप्रधान तथा विमलेन्द्र निधिले प्रधानमन्त्री प्रचण्डलाई भेटेर पार्टीको भागमा एक मन्त्रालय थप गराएका थिए ।५ मन्त्रालय नपाएर सरकारमै नजाने धम्की दिएपछि अन्ततः पाँचवटा मन्त्रालय दिएर सभापति देउवाले पौडेल समूहको असन्तोषलाई मथ्थर पारेका छन् । पौडेल समूहले पाँच मन्त्रीको नाम पनि तय गरेको छ । तर, उनीहरुले पाउने मन्त्रालय टुंगिन बाँकी छ । पौडेल निकट नेताहरुका अनुसार विहीबार साँझसम्म मन्त्रीहरुको नाम पार्टी सभापति देउवालाई बुझाइनेछ । नेताहरुका अनुसार पौडेल समूहबाट सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी, रोमी गौचन थकाली र हृदयराम थानी मन्त्री बन्ने भएका छन् । कृष्ण सिटौला र गगन थापा समूहले पनि एउटा मन्त्रालय पाउने भएको छ । यो समूहबाट गगन थापा र भीमसेनदास प्रधानमध्ये एकजना मन्त्री बन्नेछन् । मन्त्रालयका आधारमा को जाने भन्ने निर्णय हुने नेताहरु बताउँछन् । देउवाको भागमा निधि र लेखकसहित ८ मन्त्री पौडेल समूहलाई पाँच र सिटौला समूहलाई एक मन्त्रालय दिएपछि देउवा समूहले पाउने मन्त्रालयको संख्या ८ पुगेको छ । यीमध्ये विमलेन्द्र निधि र रमेश लेखक पहिल्यै मन्त्री भइसकेका छन् । अब देउवा पक्षबाट ६ जना नयाँ मन्त्रीले सपथ खानेछन् । देउवा निकट स्रोतका अनुसार अर्जुननरसिंह केसी, प्रकाशशरण महत, बालकृष्ण खाँड, जीवनबहादुर शाही देउवा समूहबाट मन्त्री बन्ने पक्का भएको छ । केसीले शहरी विकास, प्रकाशशरणले परराष्ट्र र बालकृष्णले रक्षा मन्त्रालयको जिम्मेवारी पाउने लगभग पक्का जस्तै छ भने जीवनवहादुर संस्कृति मन्त्री बन्ने चर्चा छ । कांग्रेस नेता केसी यसअघि शिक्षा मन्त्री बन्ने चर्चा थियो ।

 तर, यो मन्त्रालय माओवादीले आफैंसँग राख्ने भएपछि उनी शहरी विकासमा जान बाध्य भएका हुन् । देउवा पक्षबाट पाँचौं मन्त्रीमा झापाका सांसद केशवकुमार बुढाथोकीको सम्भावना छ । उनले केन्द्रीय सदस्यको बन्नुको सट्टा मन्त्री रोजेको कांग्रेस स्रोत बताउँछ । छैटौं मन्त्रीमा को जाने भन्ने टुंगो लागिसकेको छैन । यसमा तीन जनाको नाम छलफलमा छ । फर्मुल्लाह मन्सुर, सूर्यमान गुरुङ र अम्बिका बस्नेतमध्ये एकलाई मन्त्री बनाउने तयारी भइरहेको एक नेताले अनलाइनखबरलाई बताए । खुमबहादुरलाई के दिने ? रामचन्द्र पौडेल र सिटौला समूहको गुनासोलाई व्यवस्थापन गर्न सफल बनेका कांग्रेस सभापति देउवाले अझै केही समस्या सुल्झाउन बाँकी छ । देउवाले अब आफ्नै समूहभित्रको असन्तुष्टिलाई सम्हाल्न बाँकी छ भने खुमबहादुर खड्काले एउटा मन्त्री मागिरहेको खड्का समूहलाई पनि व्यवस्थापन गर्नुपर्ने चुनौती छ ।

 महाधिवेशनमा सहयोग गरेका खुमबहादुर आफूलाई उपसभामति नबनाएकोमा पहिलेदेखि नै असन्तुष्ट छन् । अब मन्त्री पनि नदिए उनको आक्रोस बढ्नेछ । खुमबहादुर समूहबाट शंकर भण्डारीको नाम चर्चामा छ । खुमबहादुरले पत्नी शिलालाई पनि मन्त्री बनाउन चाहेको चर्चा यसअघि चलेको थियो । अब देउवाले छैटौं मन्त्रीमा आफ्नै समूहबाट पठाउँछन् या खुमबहादुर टीमलाई एउटा मन्त्रालय दिन्छन् ? यसबारे देउवाले निर्णय गर्न सकेका छैनन् ।

Labels: InterView, News, Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana