मानिसको शरीरमा पथ्थरी हुदाँ के खाने, के नखाने र पत्थरीबाट जोगिने उपाय
मानिसको शरीरमा हुने पथ्थरीबारे त हामी धेरैले सुनेविशेष गरी मानिसको शरीरमा अचानक देखापर्ने पथ्थरी विभिन्न कारणले हुने गर्छ । यस्ता पथ्थरी युरिक एसिड कि्रस्टल, फोसफोरिक एसिड र क्याल्सियम ओग्ज्यालेट कि्रस्टल गरी तीन किसमका हुन्छन् । नेपालमा सबैभन्दा बढी देखा पर्ने पत्थरी भनेको क्याल्सियम ओग्ज्यालेट पथ्थरी हो ।
यस्तो पत्थरी रायो, पालुङ्गो, लट्टेको साग लगायतका गाढा हरियो सागपातमा खाने मानिसमा बढी देखिने गर्छ । यो क्याल्सियम र ओग्ज्यालिकको समिश्रणबाट बन्ने गर्छ । अहिले नेपालमा ओग्ज्यालेट पथ्थरीका विरामी धेरै भेटिएका छन् ।का छौ । तर यस्ता पथ्थरी के कारणले हुन्छ, पथ्थरी हुदाँ के खाने, के नखाने भन्नेबारे चाँहि थोरैलाई मात्र थाहा छ ।ओग्ज्यालेट पथ्थरीबाट बच्न माथि उल्लेख गरिए जस्ता गाढा हरियो सागपात कम खानु पर्छ ।
खानै परेमा सफा तरिकाले धोएर मात्र निश्चित मात्रामा खानुपर्छ । त्यस्तै, प्रोटिनयुक्त खाना धेरै खाने मानिसमा यसको समस्या हुने गर्छ । गेडागुडी, रातो मासु, गुलियो खानेकुराले युरिक एसिडको पथ्थरी निम्त्याउँछ । यसबाट बच्न युरिक एसिड गराउने फलफुल कम खानु पर्छ । गेडागुडी, रातो मासु पनि कम खानुपर्छ । त्यसैगरी, मैदाबाट बनेकोे खाना धेरै खाएमा तथा दुधबाट बनेको चियाको सेवन धेरै गरेमा फोसफोरस नामक पथ्थरी हुने गर्छ । यसबाट बच्न मैदा तथा दुधबाट बनेको खाना कम खानुपर्छ । यस्ता पथ्थरीले किड्नी र पित्तथैलीलाई असर पार्छ । किड्नीको पथ्थरी युरिक एसिड फोसफेारस तथा क्याल्सियम ओग्ज्यालेट तीनवटै कारणले हुन्छ । जबकी पित्तथैलीको पथ्थरी घ्यु, चिल्लो पदार्थ लगायतबाट जमेको बोसोले गराउँछ ।
पत्थरीबाट जोगिने उपाय
१. अहिलेको जीवनशैलीमा परिवर्तन गर्नेः चिल्लो, पिरो तथा गुलियो खानेकुारको कम सेवन गर्ने । हरेक खानेकुरा खाँदा मात्रा मिलाएर खाने, दिनमा केही समय व्यायाममा ध्यान दिने आदि
२. पानी प्रशस्त पिउनेः पत्थरीबाट जोगिन दिनमा कम्तीमा पनि चार लिटर पानी पिउनुपर्छ । विशेष गरी महिलाको हकमा कम्तिमा २.५ लिटर तथा पुरुषले दैनिक ३ लिटर पानी पिउनुु फाइदाजनक मानिन्छ । यदि गर्मी ठाँउमा बसिन्छ भने अझै बढी पानी पिउनु पर्छ । अझ धेरै पसिना आउनेले दिनमा कम्तीमा पनि पाँच लिटर पानी पिउनु उपयुक्त हुन्छ ।
३. धेरैबेरसम्म पिसाब नरोक्ने
४. खानपिनमा विशेष ध्यान पुर्याउनेे
५. बेलाबेलामा स्वास्थ्य परिक्षण गर्ने
६. वर्षमा एकपल्ट अल्ट्रासाउण्ड गरेर पत्थरी भए/नभएको चेकजाच गर्ने


0 comments
Write Down Your Responses