• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Technology » सामाजिक रूपान्तरणका लागि सोसल बिजनेस: चौधरी
सामाजिक रूपान्तरणका लागि सोसल बिजनेस: चौधरी

चौधरी ग्रुपका अध्यक्ष विनोद कुमार चौधरीले सकारात्मक सामाजिक परिवर्तनका लागि गरिने सोसल बिजनेसले समाजको रूपान्तरण गर्न सक्नुपर्ने बताएका छन्। सातौं विश्व सोसल बिजनस डेका अवसरमा चौधरी फाउन्डेसनद्वारा मंगलबार काठमाडौंमा आयोजित समारोहमा चौधरीले नेपालको सन्दर्भमा यसको महत्व विशेष रहेको बताए। उनले देशको आर्थिक एवं सामाजिक परिवर्तनका लागि सोसल बिजनेस निकै प्रभावकारी सावित हुने जनाए। नेपालका लागि अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले सोसल बिजनेसले नेपालको सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा रूपान्तरित हुने लक्ष्यमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

 नेपालका लागि युएनडिपी उपप्रमुख विश्व सोसल बिजनस डे नेपालमा सोसल बिजनेससम्बन्धी चेतनामूलक कार्यक्रम गरी मनाउने क्रममा चौधरी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा समाज कल्याण परिषद्का सदस्यसचिव डिल्लीप्रसाद भट्ट उपस्थित थिए। सोसल बिजनेसको उद्देश्य समाजमा सकारात्मक प्रभाव पर्ने सानो पुँजीको व्यवसाय स्थापना गर्नु हो। यसमा व्यक्तिगत लाभको अपेक्षा गरिँदैन र डिभिडेन्ड पनि बाँडिँदैन। व्यवसायबाट प्राप्त लाभ फेरि सोही व्यवसायको पुँजी वृद्धिमा उपयोग गरिन्छ अथवा अन्य सामाजिक महत्वका व्यवसायमा लगानी गरिन्छ। व्यवसायबाट हुने नाफाबाटै यो आत्मनिर्भर र दिगो बन्छ भन्ने मान्यता छ।सोफी केम्खाद्जले नेपालको दिगो विकासका लागि सोसल बिजनेसको विशेष योगदान रहने बताए।

Labels: News, Technology

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana