• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Sports, Videos » नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको आवेदन खुला ! विजेताले एक लाख प्राप्त गर्नेछन् ।
नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको आवेदन खुला ! विजेताले एक लाख प्राप्त गर्नेछन् ।

यसवर्षको नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटोहरुको पठाउन आवेदन खुला गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल फोटो प्रतियोगिता र प्रदर्शनीको लागि फोटो आवेदनको औपचारिक रुपमा वेवसाइट पिजे क्लब डट कम डट एन्पीको उद्घाटन गरियो । ‘हामीले फोटो प्रतियोगिताले फोटोग्राफीबारे देशभर जनचेतना फैलाउन जुटेका छौं। भूकम्पले गर्दा प्रतियोगिता गराउने स्थिति थिएन्। आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिनेछौं, पिजे क्लबका अध्यक्ष विकास कार्कीले भने,‘यो प्रतियोगिताको पाँचौ संस्करण हो ।
 प्रतियोगितामा सहभागि हुन चाहने प्रतियोगिहरुले पिजे क्ल्ब डट कम डट एन्पीमा गएर फोटो दर्ता गर्न सक्नेछन्। आगामी असार ३१ सम्म नेपालीले नेपालभित्र खिचेको फोटोहरु वेवसाइटमार्फत बुझाउन सक्नेछन्। ईच्छुकले विभिन्न सात विधामा सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा आइएमएस दैनिक जीवन, नेपाल टेलिकम प्रकृति र वन्यजन्तु, घुमफिर संस्कृति र पर्यटन, अर्घाखाची सिमेन्ट समाचार फोटो, मोडल ग्लोबल भिसा कन्सलटेन्सी खेलकुद, शिखर इन्स्योरेन्स नेपाल स्माइल र फोटो कथा विधामा सहभागिले फोटोहरु पठाउन सक्नेछन् । सहभागिले हरेक विधामा तीन वटासम्म फोटो, फोटो स्टोरीमा दुईवटासम्म फोटो पठाउन सक्नेछन् । सहभागिहरुमध्येबाट उत्कृष्ट फोटोलाई ‘फोटो अफ दि एयर’ घोषणा गरिनेछ ।
 विजेताले एक लाख प्राप्त गर्नेछन् । त्यस्तै हरेक विधाको पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश ३०, २० र १० हजार पाउनेछन् । भारतका फोटोपत्रकार प्रशान्त पन्जियारको नेतृत्वमा कुन्द दीक्षित, मणी लामा, आर्ट क्युरेटर संगीता थापा, प्रकास माथेमा, सुजन चित्रकार र नरेन्द्र श्रेष्ठको निर्णायक टोलीले उत्कृष्ट फोटोहरु छनोट गर्नेछन् । प्रतियोगिताबाट छनोट भएका उत्कृष्ट एक सय ५० फोटोहरु राजधानीबाहेक विराटनगर, पोखरा, भैरवाह, नेपालगञ्ज , धनगढी र चितवनमा प्रदर्शन गरिने छ । आगामी साउन १२ मा उत्कृष्ट फोटोलाई ‘फोटो अफ दि एयर’ घोषणा गरिनेछ। त्यस्तै भदौ १५ बाट फोटो प्रदर्शनी सुरु हुनेछ।

Labels: News, Sports, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana