• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
News, Technology, Videos » २५ अर्ब २ करोड लागत बॉकेका सिक्टा मूलनहर भत्किनुको रहस्य, डिजाइन असफल कि गुणस्तरहीन निर्माण ?
२५ अर्ब २ करोड लागत बॉकेका सिक्टा मूलनहर भत्किनुको रहस्य, डिजाइन असफल कि गुणस्तरहीन निर्माण ?

राष्ट्रिय गौरवको सिक्टा सिँचाइको मूल नहर परिक्षणमा केही खण्ड भत्किएपछि बॉकेका किसानको भाग्य र भविस्य जोडिएको आयोजनाको निर्माणको गुणस्तरमाथि प्रश्न उठेको छ । उत्कृष्ट निर्माण कम्पनीका रुपमा पुरस्कृत कालिका कन्स्ट्रक्सनसहितको सिटिसी–कालिकाले निर्माण गरेको सिक्टा मूल नहरमा गत मंगलबार पानी चढाएर परीक्षण गरिएको थियो । पानी धान्ने क्षमता ५० क्युमेक्स रहेको नहरको परीक्षणका क्रममा २६ किलोमिटर खण्डको झिझरी खोलाछेउ झण्डै १५ मिटर नहर भत्कियो । नहरको लाईनिङमा ठाउ‘–ठाउ‘मा चिरा पर्‍यो । ‘कारण सानो भए पनि क्षति ठूलो भयो’ आयोजना प्रमुख सरोज पण्डितले कान्तिपुरसित भने,–‘परिक्षणबाट धेरै पाठ सिकेका छौ । अब पूर्ण रुपमा विश्वस्त भएपछि मात्र नहरमा पानी चढाउ‘छौ ।’ उक्त खण्डको माटो गुणस्तरहीन रहेकाले लाईनिङका ज्वाईन्ट र प्वालबाट पानी चुहिएको उनले बताए । नफुटोस् भनेरै नहरमा ज्वाइन्ट र प्वालहरु राख्ने गरिएको इन्जिनियरहरु बताउँछन् । 
तर, सिक्टा नहरमा भने ज्वाइन्ट र प्वालबाटै पानी छिरेर नहर भत्किएको छ । ‘निर्माण कम्पनीले पेभर मेसिनलगायतका अत्याधुनिक प्रविधि भित्र्याएर लाइनिङ गरेको हो,’ पण्डितले भने, ‘तैपनि, पानी चुहियो । केही ठाउँमा नहर भत्कियो । अब भत्किएको ठाउँको मर्मत तथा पुन:निर्माणपछि मात्र नहर हस्तान्तरण हुन्छ ।’ ४५ किलोमिटर लामो सिक्टा मूल नहरको ३५ किलोमिटर खण्ड निर्माण पूरा भइसकेको छ । बॉकी खण्ड पनि कालिका कन्स्ट्रक्सनले नै निर्माण गरिरहेको छ । परीक्षण सफल भएको भए नहरको पहिलो शाखाबाट असार मसान्तभित्रै सिँचाइ सुविधा दिने आयोजनाको लक्ष्य थियो । ‘अब मर्मत तथा पुन:निर्माणपछि अर्को बर्ष मात्र नहरमा पानी चढाइने छ,’ पण्डितले भने । परीक्षणका क्रममा मूल नहर भत्किएपछि सिंचाई विभागले टोली पठाएर कारणबारे अध्ययन गरेको छ । अध्ययनको प्रतिवेदन अनुसार नहरको डिजाइन र निर्माणको गुणस्तरबारे आवश्यक कारबाही अघि बढ्ने सम्बद्ध स्रोतले बतायो । निर्माण कम्पनी कालिका–सिटिसीले भने आयोजनाको डिजाईन अनुसार काम भएकोले आफ्नोतर्फबाट कमजोरी नभएको दाबी गरेको छ । 
‘आयोजनाको डिजाइन अनुसार हाम्रो तर्फबाट निर्माणमा कुनै कमी भएको छैन,’ कालिका कन्स्ट्रक्सनका निर्देशक युवराज क्षेत्रीले भने, ‘के भएर यस्तो भयो अनुसन्धानबाटै पत्ता लाग्छ । सिँचाइ विभागको अध्ययन रिपोर्ट पर्खेर बसेका छौं ।’ ठूला निर्माणमा हुने त्रुटी–कमजोरी पत्ता लगाउनकै लागि परीक्षण गरिने उल्लेख गर्दै उनले भत्किएको खण्डको मर्मत तथा पुन:निर्माण गरिने पनि बताए । निर्माण कम्पनीलाई दिइएको डिजाइन, प्रयोग गरिएको माटो र प्रयोग गरिएको कच्चा पदार्थ सबैको अनुसन्धानपछि नहर भत्किनुको कारण खुल्ने क्षेत्रीले बताए । परीक्षणका क्रममा सिक्टा सिँचाइको मुख्य ब्यारेज र अरु खण्डको परिक्षण भने सफल भएको आयोजनाले जनाएको छ । राप्ती नदीको अगैयामा निर्माण भएको ब्यारेजका ढोकाहरु बन्द गरी नदीको पानी मुल नहरमा छाडेर परीक्षण गरिएको थियो । अगैयामा ३ सय १७ मिटर लामो पुल निर्माण गरी राप्ती नदीको पानीलाई छेक्न १८ वटा गेट राखिएका छन् ।
 आर्थिक वर्ष ०७६/७७ मा निर्माण सम्पन्न हुने उक्त आयोजनाका लागि सरकारले २५ अर्ब २ करोड लागत अनुमान गरेको छ । आयोजनाले नसमेटेका राप्तीपारीका ९ गाविसलाई पनि सिंचाई पुर्‍याउने गरी आर्थिक बर्ष ०७०/०७१ मा गुरुयोजना संशोधन गरिएपछि सिक्टा सिँचाइपछि बॉकेको ८० प्रतिशतभन्दा धेरै भू–भागमा सिँचाइ पुग्ने आशा गरिएको छ । बॉकेमा ३५ हजार ९ सय ७० हेक्टर खेतीयोग्य जग्गा भए पनि अहिले ३० प्रतिशत क्षेत्रमा मात्र सिचाई सुविधा छ

Labels: News, Technology, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana