• HOME
  • NEWS
  • TECHNOLOGY
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • TOURISM
  • NEPALI
  • Contact
Health, News, Videos » मोटा व्यक्तिको आयु ३५ वर्षदेखि ७९ वर्षसम्म
मोटा व्यक्तिको आयु ३५ वर्षदेखि ७९ वर्षसम्म

काठमाडौं । वजनदार एवं मोटा पुरुष महिलाको तुलनामा तीन गुणा बढी अकाल मृत्युको जाखिममा रहने गरेको एक अध्ययनले देखाएको छ । अकाल मृत्यु भन्नाले ३५ वर्षदेखि ७९ वर्षसम्मको उमेरलाई जनाएको छ । जसमा पुरुषको हकमा २९.५ प्रतिशत तथा महिलाको हकमा १४.६ रहेको छ । यो वृद्धि पुरुषको हकमा १०.५ प्रतिशत तथा महिलाको हकमा ३.६ प्रतिशतको वृद्धि हो । 

यो सामान्यभन्दा तीन गुणा बढीको वृद्धि हो, जुन सामान्य बढी मास इन्डेक्स -बिएमआइ) भएको पुरुषमा १९

प्रतिशत हुन्छ भने महिलामा ११ प्रतिशत हुने गर्छ । यो जोखिम मानिसको विएमआई बढेसँगै विस्तारै बढ्ने अनुसन्धानकर्ता बताउँछन् । ‘यस अध्ययनले मोटो जीउ भएको पुरुष मोटो महिलाका तुलनामा तीन गुणा बढी जोखिममा रहेको पाएको छ । यो अघिल्लो अवलोकन सरह छ, जसमा मोटो मानिसमा अधिक इन्सुलिन प्रतिरोध गर्ने क्षमता, कलेजोको बोसोको स्तर तथा मधुमेहको जोखिम महिलाको तुलनामा बढी हुने गर्छ’, वि्रटेनस्थित क्याम्बि्रज विश्वविद्याालयकी प्रमुख लेखिका इमानुइल डी एन्जेल्यानटोनियोले भनिन् । अझ कम तौल भएको व्यक्तिमा पनि अकाल मृत्युको जोखिम बढी हुने गरेको अध्ययनले फेला पारेको छ । त्यसैगरी मोटो मानिसमा मुटुको समस्या, स्ट्रोक, स्वासप्रस्वास सम्बन्धि समस्या, क्यान्सरको जोखिम बढी हुने गरेको ‘द ल्यान्सेन्ट’ नामक जर्नलमा प्रकाशित पत्रमा उल्लेख छ ।

 ‘औसतमा भन्नुपर्दा बजनदार व्यक्तिले आफ्नो जीवनको एक वर्ष गुमाइरहेको हुन्छ भने सामान्य मोटो मानिसले जीवनको तीन वर्ष’, एन्जेलेल्यानटोनियाले जोडिन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को एक तथ्यांकअनुसार विश्वमा वजनदार युवाको संख्या १.३ विलियन छ भने थप छ सय मिलियन व्यक्तिहरु मोटा छन् । ‘अकाल मृत्युको कारणमा मोटोपन धुम्रपान पछिको दोस्रोमा पर्छ’, वि्रटेनस्थित अक्सफोर्ड विश्वविद्यालयका प्रोफेसर रिचार्ड पेटोले भने, ‘धुम्रपान गर्ने व्यक्तिले धुम्रपान गर्न छोडेको खण्डमा अकाल मृत्युको जोखिमलाई कम गर्न सक्छन् ।’  

अनुसन्धानकर्ताको टोलीले यस अध्ययनका लागि २० देखि ९० वर्ष उमेर समूहका ३९ लाख एकाउन्न हजार चार सय ५५ जना -६९ प्रतिशत महिला)लाई पछ्याएका थिए । जसमध्ये तीन लाख ८५ हजार आठ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । यो विश्लेषण त्यसपछि पनि लगातार अर्को पाँच वर्ष बाँच्ने मानिसहरुमा गरिएको थियो ।

Labels: Health, News, Videos

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. e-News Pana